back
NMB ad

आकर्षक बम्पर बोनस सहित प्रिमियर इन्स्योरेन्सले असार ३१ मा डाक्यो साधारणसभा

Kumari bank ad

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ८४ प्रतिशत बोनस सेयर वितरण वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । प्रिमियर इन्स्योरेन्सको आउँदा असार ३१ गते हुने २५ औँ वार्षिक साधारणसभामा बोनस सेयर वितरणको विशेष प्रस्ताव पारित हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँको ८४ प्रतिशत दरले ४९ करोड ५ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । बोनसमा लाग्ने कर भने कम्पनीले आफ्ना शेयरधनीले नै तिर्नुपर्ने भएको छ । बोनस वितरणपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँभन्दा माथि हुन आउने छ ।

साधारणसभा प्रयोजनको लागि असार २० गतेदेखि बुक क्लोज गर्ने छ। असार १९ गतेसम्म कायम शेयरधनीहरुले घोषणा गरिएको बोनस शेयर पाउने छन्। प्रिमियर इन्स्योरेन्सको शेयर हिजो मंगलबार दोस्रो बजारमा प्रतिकित्ता ९९७ रुपैयाँ बराबरमा कारोबार भएको छ।

२०७६ असार ११ गते प्रकाशित

वि.सं.२०७६ असार ११ बुधवार ११:३० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...