back
NMB ad

मन्त्रिमण्डल पूनर्गठन हल्लामात्रै, सरकारलाई कमजोर बनाउन नियोजित अफवाह फैलाईयो : मन्त्री महासेठ

Kumari bank ad

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । उनले भने,‘मन्त्रिमण्डल पूनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले तत्काल मन्त्रिमण्डल पूनर्गठन हुने संभावना नभएको स्पष्ट पारे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ । उनले भने,‘मन्त्रिमण्डल पूनगर्ठन भएपनि अध्यक्षद्धयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन । मन्त्रिमण्डल पूनगर्ठनबारे दिनहुँ नयाँ समाचार आईरहेका छन् । यसबारेको बजारिया हल्ला र प्रचण्डको कुरा एउटै छैन । अध्यक्ष प्रचण्डले बजारको हल्ला जसरी बोल्नुभएको छैन ।’

सरकार आलोपालो रुपमा चलाउनेबारे सहमति के हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा मन्त्री महासेठले भने,‘हाम्रो अध्यक्षद्धयको बीचमा भएको सहमति ऋषि धमलाजीलाई साक्षी राखेर भएको छैन ।’ अध्यक्षद्धय ओली र प्रचण्डबीच यदि सहमति भएको भए उक्त सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको पनि उनले स्पष्ट पारे । सरकार सञ्चालनबारे पनि पार्टीभित्र सहमति नै रहेको उनको जिकिर थियो । महासेठले भने,‘हाम्रो पार्टीभित्र कुनै पनि अन्तरविरोध छैन । मैले बुझेअनुसार केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री हो । तर, यदि पार्टीले निर्णय गर्यो भने प्रधानमन्त्री, मन्त्री हामी सबै भोलि नै फर्किनुपर्ने हुन्छ । तर, अहिले जे बजारमा हल्ला चलिरहेको छ, यसमा कुनै सत्यता छैन । यो हल्लाको विश्वास नगर्नको लागि म आग्रह गर्दछु ।’

सरकार गठन भएको १७ महिना व्यतित भएको र यो अवधिमा सरकार कुनैपनि मोर्चामा असफल नभएको पनि उनले दाबी गरे । बरु, सरकारको काम देखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस डराएको उनको आरोप छ । उनले विकास निर्माण, समृद्धि र राजनीतिक कुनै पनि मोर्चामा सरकार असफल नभएको बताएका हुन् । सरकारले केही पनि काम गर्न सकेन भनेर आलोचना भएकोप्रति उनले गुनासो पोखे । उनले भने,‘सरकारले जनताको चाहनाअनुरुप काम गर्न सकेन भनेर आलोचना गरिएको पनि सुनिएको छ, तर यथार्थमा त्यस्तो होईन । सरकारको पहिलो वर्ष आधार वर्षको रुपमा लिएका छौं । विकास र समृद्धि भनेको कुरा एकै वर्षमा अर्थात् रातारात हुने कुरा होईन । अब बजेट कार्यान्वयनसँगै धमाधम विकासका काम अघि बढ्छन् ।’मन्त्री महासेठले सरकारले एक वर्षमा ईतिहासमै कसैले गर्न नसकेको काम गरेर ‘रेकडर्’ नै कायम गरेको पनि दाबी गरे । उनले भने,‘सडक, रेल, पुल–पुलेसा हामीले धेरै बनाएका छौं । नयाँ–नयाँ सडक बनाउनेदेखि ट्रयाक खोल्नेसम्मका धेरै काम गरेका छौं । यसमा पनि हामीले रेकर्ड नै कायम गरेको छ ।’

सरकारको पहिलो वर्षको दुई तिहाई समय ऐन, नियम बनाउनमा व्यतित भएको बताउँदै महासेठले अब जनतामा प्रत्यक्ष प्रभावका पार्नेगरि द्रुत गतिमा काम अघि बढ्ने विश्वास दिलाए । सरकारले एक वर्षमा एक हजार किलोमिटर सडक पिच गरेको, एक हजार पन्ध्र सय किलोमिटर सडक ग्राभेल गरेको र पन्ध्र सय किलोमिटर नै नयाँ ट्रयाक खोलेको पनि उनले सुनाए । उनले भने,‘एक वर्षमा ईतिहासमा कुनै पनि सरकारले ८ सय किलोमिटर सडक पिच गरेको थिएन । हामीले गरेर देखाएका छौं ।’

सरकारले भौतिक पूर्वाधार तथा यातायात, सञ्चार, कृषि, पर्यटनलगायत सबै क्षेत्रमा फड्को मारेको महासेठको दाबी छ । यद्धपी उनले सरकारले गरेका राम्रा कामको जनतासामू पर्याप्त प्रचारप्रसार नभएको बताए । सरकारले सिन्को नै भाँचेन भन्ने नाममा सरकारमाथि चौतर्फी घेराबन्दी भएको महासेठको भनाई छ । तर, सरकारका विरोधमा गरिएको आलोचनामा कुनै दम नभएको उनको दाबी छ । सरकार बनेको एक वर्षभित्रमा नै ७ प्रतिशतको आर्थिक वृद्धि भएको सुनाउँदै उनले अर्को आर्थिक वर्षभित्र ९ प्रतिशतको वृद्धिदर पुर्याउने घोषणा गरे । आगामी चार/पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हाँसिल गर्नेपनि उनले दाबी गरे । दोहोरो अंकको आर्थिक वृद्धिदर नारा र गफ गरेरमात्रै हाँसिल हुँदैन भन्ने कुरामा सरकार सचेत रहेको बताउँदै उनले अब द्रुत गतिमा विकास निर्माणका कामहरु अघि बढाईने विश्वास दिलाए । उनले सरकारले रेलमार्ग निर्माणको कामपनि तिव्र गतिमा अघि बढाईरहेको सुनाए । उनकाअनुसार पुर्व–पश्चिम रेलमार्गको डि.पि.आर.को काम धमाधम भैरहेको छ । देशैभरिका रेल मार्ग निर्माणको लागि धमाधम काम भैरहेको महासेठको भनाई छ । आगामी दश वर्षभित्र २ हजार ८ सय किलोमिटर रेलमार्गले देशलाई जोड्ने पनि मन्त्री महासेठले घोषणा गरे ।

त्यस्तै, उनले जनकपुर–जयनगर रेल सञ्चालनको अन्तिम तयारी भैरहेकोले छिट्टै भारतबाट दुई सेट रेल ल्याउने जनाए । यातायात क्षेत्रमा रहेका सबैखाले विकृति तथा विसंगतिहरु अब हल गर्नेगरि यातायात प्राधिकरण गठन हुन गैरहेको र त्यससम्बन्धी विद्येयक संसदमा जान लागेको पनि उनले सुनाए । निर्माण व्यवसायीहरुले अघि सारेका जायज सुझावहरुलाई सरकारले मनन गर्ने उनले विश्वास दिलाए । सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेकोले यसमा व्यवसायीहरुको जायज सुझावलाई सरकारले ग्रहण गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने,‘हाम्रो देश नेपाल बनाउने भनेको नै नेपाली निर्माण व्यवसायीहरुले नै हो । अरुले आएर देश बनाउँदैन् ।’

मन्त्री महासेठले आफूहरुले प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर अघि बढिरहेको स्पष्ट पारे । उनले भने,‘हामीले बजेट ल्याउँदापनि कांग्रेसको राय र सल्लाह लिएका थियौं ।’ उनले बजेट विकासमुखी रहेको पनि दाबी गरे । आगामी दश वर्षभित्र नेपाल मध्य विकसित राष्ट्रमा पुग्नेपनि उनले दाबी गरे । फरक प्रसँगमा उनले सरकारले ल्याउन खोजेको गुठी विद्येयक (हाल संसदबाट फिर्ता भएको) यथार्थमा त्यति नराम्रो नभएको जिकिर गरे । उनले भने,‘यो विद्येयक नराम्रो थिएन । तर, सरकारलाई बद्नाम गराउन विभिन्न शक्तिहरु लागिपरे । बास्तवमा यो विद्येयक मधेशको लागि धेरै राम्रो आएको थियो ।’हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र महेन्द्र राजमार्ग विस्तारलगायतका महत्वपूर्ण आयोजनाहरु तोकिएको समयावधिभन्दा अगावै सम्पन्न गरिसक्ने उनले जनाए ।

२०७६ असार १२ गते प्रकाशित

वि.सं.२०७६ असार १२ बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...