back
NMB ad

सुरेश रोका मगरको उपचारका लागि समितिद्धारा सहयोगको अपिल

Kumari bank ad

काठमाडौं ।  ‘सुरेश रोका बचाउँ अभियान सहयोग समिति’ले रक्तअल्पताबाट पीडित रोल्पा परिवर्तन गाउपालिका–१ कुरेली स्थायी घर भएका १८ बर्षिय सुरेश रोका मगरको उपचारका लागि सहयोगको अपिल गरेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको छ । ए प्लाष्टिक एनिमिया (रक्त अल्पता) रोगबाट ग्रसित रोकामगरको बोनम्यारो ट्रान्सप्लान्टको लागि ६० देखि ७० लाख लाग्ने अनुमान गरिएको छ । उनको हाल ललितपुरस्थित् नेपाल क्यान्सर अस्पतालमा उपचार भैरहेको समितिले जनाएको छ । समितिका अध्यक्ष दिपक रोकामगरको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्यूरो सदस्य तथा समितिका सल्लाहकार नविन रोका मगरले सुरेशको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरे । उनले भने,‘सुरेश लामो समयदेखि उपचारार्थ छन् । उनको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले सहयोग जुटाउन आज यो पत्रकार सम्मेलन गरिएको हो ।’

सुरेश जनयुद्धका सहिद परिवारका सदस्य रहेको सुनाउँदै उनले भने,‘सुरेश भाई जनयुद्धका सहिद प्रेम रोका मगर ‘निर्माण’ को कान्छो भाई हुनुहुन्छ, हामीले उहाँको उपचारमा सक्दो सहयोग गरौं ।’ उनले स्वदेश तथा विदेशमा रहेका संघ/संस्था तथा व्यक्तिहरुलाई पनि सुरेशको उपचारको लागि स्वेच्छिक रुपले सकेको सहयोग गर्न आग्रह गरेका थिए । समितिका अनुसार सरेशको उपचारको लागि नेपाल सरकारका माननीय उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’ ले एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

समितिका अर्का सल्लाहकार जीतेन्द्र पुनले सुरेशको रोगको बारेमा विस्तृत जानकारी दिएका थिए । त्यस्तै, उनले सुरेशको उपचारमा सहयोग जुटाउनको लागि गठित समितिको विदेशस्थित् संयोजकहरुको नाम समेत सार्वजनिक गरेका थिए ।
उनले घोषणा गरेअनुसार साउदीको लागि हितमान बुढामगर र शेरबहादुर रोका, दुवईको लागि रामकृष्ण पुनमगर, मुलन बुढामगर र प्रेम प्रकाश रोकामगर जापान, रामकुमार बुढामगर कोरिया, सरोज बुढामगर र जकेन्द्र बुढामगर अमेरिका, अभिमत पुनमगर कतार, कमानसिंह रोकामगर पोर्चुगल, तक्मान बुढामगर स्पेन, जयप्रकाश रोकामगर अष्ट्रेलिया, केशर रोकामगर युके, हिम्मत रोकामगर युके, केशर बुढामगर सिंगापुर र तिलक ओली भारतको लागि संयोजक तोकिएका छन ।

समितिकी सचिव जुना मगरले आजको पत्रकार सम्मेलनको सञ्चालन गरेकी थिईन् । अहिलेसम्म परिवारले आफ्नै बलबुतामा सरेशको उपचारमा २० लाख खर्च गरिसकेको छ । छोराको उपचारको लागि सहयोग रकम संकलनमा सुरेशकी आमा बिनी रोकापनि खटिईरहेकी छिन् । सहयोगको लागि समितिले ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ३९०७०१०००६१६३ पनि सार्वजनिक गरेको छ । सहयोगी मनहरुले उक्त खातामा सहयोग रकम जम्मा गर्न सक्नेपनि समितिले जनाएको छ । समितिले दिएको जानकारी अनुसार अहिलेसम्म ७ लाख ७९ हजार पाँच सय छियालिस रुपैयाँ संकलन भएको छ र सहयोगको लागि धेरै प्रतिबद्धता आएका छन् ।

उनको उपचारको लागि नेपाल सरकारका उर्जामन्त्री पुनका साथै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, सांसद तथा संघीय संसद अन्तर्गतको शिक्षा तथा स्वास्थ समितिकी सभापति जयपुरी घर्तीलगायतले सहयोगको लागि प्रतिबद्धता जनाएका छन् । त्यस्तै, अन्य विशिष्ट व्यक्तिहरुले पनि सहयोगको वचन दिएका छन् ।

२०७६ असार १५ गते प्रकाशित

वि.सं.२०७६ असार १५ आइतवार १०:५४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...