काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड बीच हकप्रद शेयरको निष्काशनका लागि असार १८ गते सम्झौता भएको छ । सिटी एक्सप्रेसले १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर खुला गर्ने भएको हो । पुँजी वृद्धि गर्न सिटी एक्सप्रेस हकप्रदको बाटोमा लागेको हो ।
सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन् ।
२०७६ असार १९ गते प्रकाशित
वि.सं.२०७६ असार १९ बिहीवार ११:५१ मा प्रकाशित