back
NMB ad

आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट हुने

Kumari bank ad

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइपीओ  असार ३० गते सोमबार बाँडफाँट हुने भएको छ । सोमबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा बाँडफाँट हुने तय भएको हो ।

आइपीओमा कुल ५४ करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेकोे छ । बिक्री प्रबन्धकका अनुसार कुल ३ लाख ८ हजार ४१४ जनाले ५४ लाख ५७ हजार ३४० कित्ताका लागि आवेदन दिएका छन् ।

यस आधारमा अन्तिम तथ्यांक हेर्दा माग भन्दा १४.५५ गुणा बढी आवेदन परेको देखिन्छ । कम्पनीले असार २२ गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता म्युचुअल फन्डलाई सुरक्षित गरी बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।

चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाउने कम्पनीले जनाएको छ । यस्तै, आव २०७६.७७ मा खुद नाफा ३ करोड १५ लाख रुपैयाँ र आव २०७७.७८ मा ३ करोड ९९ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । आँधिखोलाले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउने छ । आइपीओबाट आएको रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जा, १ करोड रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र १ करोड रुपैयाँ साना तथा घरेलु कर्जामा उपयोग गरिने योजना बनाएको छ ।

२०७६ असार २९ गते प्रकाशित

वि.सं.२०७६ असार २९ आइतवार १४:५४ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...