back
NMB ad

सूर्योदय लघुवित्तको खुद नाफा ८७ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । सूर्योदय लघुवित्तको खुद नाफा ८७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षमा एक करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको लघुवित्तको एक करोड ६८ लाख रुपैयाँले खुद नाफा बढेर तीन करोड ६१ लाख पुगेको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौथौं त्रैमासमा ६२ प्रतिशतले कर्मचारी खर्च बढेर ६ करोड ४५ लाख खर्च भएको छ तर कम्पनीको व्यवसायको आकारमा निक्षेप ५३ र कर्जा ८० प्रतिशतको बढोत्तरीले खर्चको बाबजुत पनि आकर्षक नाफा देखिएको छ। असार मसान्तसम्ममा यस लघुवित्तले ब्याज आम्दानी करिब ६६ प्रतिशतले बढाएर १० करोड ५८ लाख आर्जन गरेको छ।

अघिल्लो आवको नाफाबाट ४२.७५ प्रतिशत बोनस बाँडेर १० करोड ७९ लाख पूँजी कायम गरेको यस लघुवित्तको जगेडा कोषको आकार भने ४ प्रतिशतले घटेर ७ करोड ९५ लाखमा सीमित भएको छ। यस अवधिमा लघुवित्तले ६१ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन तथा ८६ करोड २६ लाख सापटीबाट एक अर्ब ५६ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

लघुवित्तको निष्कृय कर्जा अनुपातमा १.१४ बाट ०.९२ मा सुधार भएको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २३.६६ गुणा छ। समीक्षा अवधिमा लघुवित्तको कोषको लागत, निष्कृय कर्जा अनुपातमा सुधार भएको छ भने जगेडा कोष, पूँजीकोष अनुपात र प्रतिशेयर नेटवर्थमा भने गिरावट देखिएको  छ ।

२०७६ साउन १६ गते प्रकाशित

वि.सं.२०७६ साउन १६ बिहीवार १३:१८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...