back
NMB ad

चारैजना छोराछोरी अपाङ्गता भएका लक्ष्मण भन्नुहुन्छ “घर आँगनै सरकार आइपुग्यो”

Kumari bank ad

इटहरी । इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर,एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ बर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत सक्दैनन ।उठेर हिडन त परै जाओस,वस्न पनि सक्दैनन । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छोछोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै वन्दै गएको छ । यहि परिवारका लागि इटहरी उपमहानगरले एकलाख सहयोग गर्ने भएको छ । यो जानकारी दिन उपप्रमुख लक्ष्मी गौतम तामाङ्ग परिवारको घरमै पुग्नुभयो । उपमेयर गौतमका अनुसार यसबर्षको वजेटमै उनीहरुको लालनपालनका लागि भनेर एकलाख वजेट ब्यवस्था गरेका छौ,अर्को बर्ष वढाउने छौ ।

त्यसको करिव २० दिनअघिमात्र इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहित सामाजिक विकास महाशाखाको टोली इटहरी २ स्थित लक्ष्मण तामाडको घर पुगेको थियो । टोलीले लक्ष्मण तामागकी जेठी छोरी अस्मिता,जेठो छोरा सरोज,कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांगता भएको रातोकार्ड वितरण गरेको थियो । इटहरी सरकारको यस्तो सहयोग पाएपछि वुवा लक्ष्मण तामाङ्ग भन्नुहुन्छ — सरकार घरदैलोमै आएको महशुष भयो । रातोकार्ड पाएपछि मासिक तीनहजार रकम पाउने प्रावधान छ ।

एकैपरिवारका चारै जना सन्तानको त्यो अवस्था देखेर उपमेयर गौतमले उपमहानगरले मिल्ले र सक्ने सम्म सहयोग गर्ने वताउनुभयो । उहाँले भन्नुभयो “एकै परिवारको यस्तो अवस्था विरलैको हुन्छ यि सन्तानलाई भगवान सम्झेर सहयोग गरौ ।”  १४ देखि २८ बर्षसम्मका चारै जना छोरा छोरी जो आँखा देख्दैनन,वोल्न सक्दैनन,जीउ लल्याकलुलुक छ उठेर वस्न सक्दैनन । दिशा पिसाव पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने,धुवाउने,खुवाउने,सरफाईमा तामाग दम्पति अहोरात्र खटनुपर्छ । आमा जसमाया भन्नुहुन्छ “रातभर सुत्न पनि पाइदैन,पालो पालो रेखदेख गर्छौ । मेरो अरु केहि काम छैन यिनै छोराछोरीलाई भगवान ठानेर स्याहार सुसार गरिरहेकी छु ।” वुवा लक्ष्मण सेवा निवृत नेपाली सेना हुनुहुन्छ । उहाँको पेन्सनवाट आउने रकम वाट जेनतेन परिवार धानिरहनुभएको छ ।

वुवा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात बर्षसम्म सवै ठीक थिइन । त्यसपछि विस्तारै आँखा देख्न छाडिन,एक बर्षमा पुरै आँखा नदेख्ने भयो,त्यसपछि ढल्ने वेहोस हुने समस्या भयो,केहि समय पछि केहि थाहा नपाउने भएर ओछयानको ओछयान भइन । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छोछोराले पनि आँखा देख्न सक्दैनन हिडडुल गर्न भने सक्छन । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उहाँलाई लागेको छ ।

२०७६ साउन १७ गते प्रकाशित

वि.सं.२०७६ साउन १७ शुक्रवार ०९:४६ मा प्रकाशित

You can share this post!

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...