back
NMB ad

रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको शेयर मंगलबारबाट कारोबार हुने

Kumari bank ad

काठमाडौं । शेयर बजारमा रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको शेयर मंगलबारबाट कारोबार हुने भएको छ। कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार शेयर सूचीकृत गरेपछि दोस्रो बजारमा शेयर कारोबार हुने भएको हो ।

रसुवागढी हाइड्रो पावर कम्पनीले पहिलो कारोबार लागि ९७ रुपैयाँ २९ पैसा देखि २९१ रुपैयाँ ३२ पैसा सम्मको रेन्जु पाएको नेप्सेले जनाएको छ। साञ्जेन हाइड्रो पावरले ९६ रुपैयाँ ३२ पैसा देखि २८८ रुपैयाँ ९६ पैसाको रेन्ज पाएको छ। मंगलबार बिहान प्रि ओपन सेसनुमा यही मूल्यमा पहिलो कारोबार हुने छ। बिहान साढे १० बजेदेखि पौने एघार बजे सम्म लगानीकर्ताले पहिलो कारोबार गर्न सक्ने छन् भने यो सेसनमा कारोबार भएपछि मात्रै ११ बजेको नियमित सेसनमा शेयर कारोबार हुने छ। यो सेसनमा कारोबार नभए बुधबार फेरि प्रि ओपन सेसनमा कारोबार हुने छ। यो सेसनमा कारोबार नभएसम्म नियमित कारोबार नहुने प्रबधान छ।

कम्पनीले सार्वजनिक शेयर निष्काशन गरेको तीन महिनापछि सोमबार दोस्रो बजारमा शेयर सूचीकरण गर्ने भएको हो। दुबै कम्पनीले गत वैशाखमा प्राथमिक शेयर निष्काशन गरेका थिए। गत आर्थिक वर्षमा सूचीकृत गर्दा नविकरण शुल्क बचाउने बहानामा लगानीकर्ताको शेयर कम्तीमा पनि दुई महिना बन्धक बनाएको थियो। साउन पहिलो सातादेखि प्रकृया सुरु गरेको कम्पनीले सोमबार नेपाल स्टक एक्सचेन्जमा कारोबारको संझौता गर्दैछ।

रसुवागढीले वैशाख ६ गतदेखि १२ गतेसम्म सर्वसाधारणको लागि ९३ लाख २९ हजार कित्ता शेयर निष्काशन गरि वैशाख १९ गते बाँडफाँट गरेको थियो। त्यस्तै सान्जेनले पनि सोही अवधिमा ४९ लाख ८२ हजार कित्ता शेयर निष्काशन गरेर बाँडफाँट गरेको थियो। चिलिमे जलविद्युत कम्पनीले प्रवर्द्धन गरेको दुबै आयोजनाको निर्माण कार्य भैरहेको छ। दुबै आयोजनाको निर्माण कार्य ७० प्रतिशत भन्दा माथि सम्पन्न भएको छ भने बाँकी काम चालु आर्थिक वर्षभरीमा सक्ने योजना छ।

कम्पनीले प्रभावित क्षेत्रका वासिन्दाको लागि शेयर निष्काशन गर्न बाँकी छ। प्रभावित क्षेत्रका बासिन्दाले सर्वसाधारण तर्फको शेयर निष्काशन गरेपछि मात्रै प्रभावित शेयर निष्काशन गर्न अनुरोध गरेकाले शेयर निष्काशन हुन नसकेको हो। कम्पनीले केहि समयमै प्रभावित शेयर निष्काशन गर्ने योजना बनाएको छ। स्रोतः बिजमाण्डु

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार १४:१२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...