back
NMB ad

५ निर्माण कम्पनी कारबाहीमा, १ करोड लाख राजश्व संकलन

Kumari bank ad

पाँचथर । मध्यपहाडी लोकमार्गको पूर्वीखण्डमा काम गर्दै आएका पाँचवटा निर्माण कम्पनीलाई कारर्बाही गरी १ करोड २२ लाख राजस्व संकलन गरेको छ ।

समयमा काम गर्न नसकेका ५ वटा निर्माण कम्पनीलाई कारबाही गरिएको आयोजना प्रमुख अभिमान मुल्मीले जानकारी दिए । कारबाहीमा पर्ने निर्माण कम्पनी पाँचथरसहित पूर्वका विभिन्न जिल्लामा सडक र पुल निर्माण तोकिएकै समयमा काम नसकेको भन्दै कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा पुल निर्माणमा रहेको कोसी एन्ड न्यौपाने कन्ट्रक्सन प्रालिलाई ५९ लाख ६९ हजार १ सय ६५ रुपैयाँ छ । उक्त कम्पनीले भोजपुर जिल्लामा पुल निर्माण गरिरहेको थियो । सोही क्षेत्रमा काम गरिरहेको इलाइट कन्ट्रक्सन प्रालिलार्ई आयोजना कार्यालयले ७ लाख ७३ हजार ३ सय रुपैंयाँ जरिवाना गरेको छ ।

तेह्रथुममा काम गरिहेको हिम्दुङ एन्ड थोकर कन्ट्रक्सन प्रालिलाई आयोजनाले ५४ लाख ५३ हजार २ सय २६ रुपैयाँ, पाँतथरको च्याङथापु क्षेत्रमा काम गरिरहेको गौरा त्रिशूली जेभी कन्ट्रक्सन प्रालिलाई १ लाख ७५ हजार १ सय ५२ रुपैंयाँ र भोजपुरमा रहेको एरीमा कन्ट्रक्सन प्रालिलाई १ लाख १९ हजार ८ सय २० रुपैंयाँ जरिवाना गरिएको छ ।

कारबाहीमा पर्ने सबै कम्पनी मध्यपहाडी पुष्पलाल लोकमार्ग पूर्वीखण्डमा कार्यरत हुन् । पूर्वीखण्ड पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुरलगायतका जिल्लालाई हेर्ने गरी पाँचथरमा स्थापना भएको हो ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १३:५३ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...