back
NMB ad

कोशी करिडोरको ५५% निर्माण कार्य पुरा

Kumari bank ad

काठमाडौं ।  कोशी करिडोरको कामले तीव्रता पाको छ । दु्रतमार्गको रूपमा पहाड र तराई जोड्ने सडकको रूपमा निर्माण गरिएको कोशी करिडोरको काम ५५ प्रतिशत पूरा भएको छ ।

पहाडलाई तराईसँग जोड्दै पहाडको आर्थिकरूपमा विकास गर्ने लक्ष्य यो आयोजनाले लिएको छ । पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेहथुम र धनकुटालाई तराई र राजधानी जोड्ने गरी यो सडक निर्माण गरिँदै छ । यो करिडोरबाट पूर्वी पहाडलाई तराई हुँदै केन्द्रीय राजधानी काठमाडौंसम्म छोटो दूरीमा पुग्न सकिने छ ।

पाँचथरको याङ्वरक गाउँपालिकाको गणेशचोकदेखि सुनसरीको चतरासम्मको १ सय ४८ किलोमिटर सडक बनेसँगै पाँचथर, ताप्लेजुङ तेह्रथुम, धनकुटाका स्थानीय लाभाविन्त हुने आयोजना प्रमुख अभिमान मुल्मीले बताए । १४८ किलोमिटरमध्ये १३५ किलोमिटर ट्रयाक ओपन गर्ने काम सकिएको छ ।

अहिले कोशी कोरिडोरको सातवटा प्याकेजमा ट्रयाक खोल्ने र ग्राभलिङ गर्ने काम भइरहेको मुल्मीले जानकारी दिए । मुल्मीका अनुसार कुनै सबै प्याकेजमा हिसाब गर्दा ५५ प्रतिशत निर्माण कार्य भइसकेको छ ।

करिडोरले पहाड र तराईलाई जोड्दै यहाँका बासिन्दाको जिविकोपार्जन र आर्थिक कारोबार वृद्धि गर्ने अपेक्षा गरिएको छ । पाँचथर, तेह्रथुम र ताप्लेजुङका कृषि उपज तराई पु¥याउन सहज हुने अनुमान गरिएको छ ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार ११:०३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...