back
NMB ad

ललितपुरमा दुई अर्ब ७६ करोड राजश्व संकलन

Kumari bank ad

काठमाडौं । ललितपुरमा आर्थिक वर्ष ०७५/०७६ मा लक्ष्यभन्दा ११ करोड कम राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यलय ललितपुर एक र दुईले गत आर्थिक वर्षमा दुई अर्ब ८७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएका थिए । तर, असार मसान्तसम्म जम्मा दुई अर्ब ७६ करोड मात्र राजस्व संकलन भएको छ ।

एक मदिरा कम्पनी डुब्दा अपेक्षाकृत राजस्व संकलन गर्न नसकिएको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरका–१ का प्रमुख कर अधिकृत लालबहादुर खत्रीले भने ‘एक ठूलो मदिरा कम्पनीबाट हामीले ठूलो राजस्व संकलन गर्ने अपेक्षा लिएका थियौँ । तर, कम्पनी बन्द भयो । त्यसैले राजस्व लक्ष्यअनुरूप संकलन भएन ।’ आन्तरिक राजस्व कार्यालय–१ ले भने लक्ष्यभन्दा ३० करोड बढी राजस्व संकलन गरेको छ ।

एक अर्ब २४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब ५४ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कर संकलन गर्ने नीति, बक्यौता असुली र प्रशासनिक सक्रियताले लक्ष्यभन्दा बढी राजस्व उठेको कर अधिकृत खत्रीले बताए ।

कार्यालय–२ ले भने लक्ष्यभन्दा ४१ करोड कम राजस्व संकलन गरेको छ । कार्यालयले एक अर्ब ६३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब २२ करोडमा राजस्व संकलन गरेको छ ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार ०७:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...