back
NMB ad

ठुला मिडीया हाउसबाट श्रमजिवि आन्दोलन शुरु हुन्छ–अध्यक्ष आचार्य

Kumari bank ad

शरद रेग्मी
दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनि दिएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक , नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने चेतावनि दिएका हुन् । उनले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी ठुला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताए ।

 

श्रमजिवि पत्रकारहरुलाई अधिकार दिलाउनका लागी मिडीया हाउस वन्द भए पनी आन्दोलन नरोकिने उनको भनाई छ । रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै आचार्यले सरकारले ल्याउन लागेको प्रेस विरोधि विधेयक महासंघको आन्दोलनका कारण रोकिएको दावि समेत गरेका थिए । उनले पत्रकार महासंघ आफैमा आन्दोलनको नाम भएको भन्दै सरकारले ल्याउने प्रेस विरोधि कानुनलाई कहिल्यै नमान्ने दावि समेत गरे ।  सत्तामा पुग्ने हरेक राजनितिक दलले प्रेस लाई कुन्ठीत गर्ने तथा प्रेस स्वतन्त्रता बिरोधि कानुन ल्याउन खोज्ने गरेको भन्दै त्यसका विरुद्ध सदैव लागि रहने उनको भनाइ रहेको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलका कारण सरकार पछि हटेको दावि गरे । सरोकारवालाहरु संग समन्वय र सहकार्य नगरि ल्याउने जस्तो सुकै कानुन आफुहरुलाई मान्य नहुने उनको जिकिर रहेको छ । साथै विष्टले महासंघले थालेको आन्दोलनका क्रममा देशभरिका पत्रकारहरु सडकमा आएर सफल बनाएको भन्दै धन्यबाद ब्यक्त गरेका छन् ।

सो अवसरमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोेख्रेल ,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर रावत विरु ,नेपाल पत्रकार महासंघका लेखा अधिकृत प्रकाश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन रिपोटर्स क्लव नेपाल दाङका महासचिव बिमल गौतमले गरेका थिए ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार ११:०२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...