काठमाडौं । नेपाली बजारमा धमाधम उर्लिएको सुनको भाउ उत्तारचढाव भईरहेको छ । बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ ।
सुन बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरि कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
२०७६ साउन २९ गते प्रकाशित
वि.सं.२०७६ साउन २९ बुधवार ११:०२ मा प्रकाशित