back
NMB ad

बाफिया माथि प्रतिनिधि सभामा छलफल हुँदै, उद्योगी र बैंकर्सलाई वैधानिक रुपमै अलग गर्ने

Kumari bank ad

काठमाण्डौं । बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन (बाफिया) माथि आज सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा छलफल हुने भएको छ । बैठकमा सो ऐन सम्बन्धि छलफल हुनुका साथै बैंक संचालक र प्रमुख कार्यकारी अधिकृत (सिईओ)  को उमेर हद तोक्ने र बैंकर-व्यवसायी छुट्याउने नयाँ व्यवस्था गर्न लागिएको जनाइएको छ ।  आइतबार नै सो ऐनमाथि छलफल गरेर पास गर्ने तयारी गरिएको थियो । तर आइतबार नभ्याइएकोले आज ४ बजे संसदले उक्त ऐन पास गर्ने भएको हो ।

उद्योगीहरुले नै बैंक तथा वित्तीय संस्था सञ्चालन गर्दा वित्तीय क्षेत्रमा समस्या देखिएपछि ,ऐन आएको ३ वर्षपछि आज संशोधन हुन लागेको हो । बाफिया ऐन परिमार्जन गर्न नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीहरुलाई बैंकको सञ्चालक बन्न नपाउने गरी प्रस्ताव गरेको छ भने उमेर हद समेत तोकेको छ । संशोधित वाफियाले उद्योगी र बैकर्स छुट्र्याउने राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले समेत पटक पटक बताउँदै आएका छन् । गत साउन २० गते राष्ट्र बैंकले परिपत्र जारी गरी संचालक बन्न पाउने उमेर हद ७० वर्ष र सिईओ बन्न पाउने उमेर ६५ वर्ष तोकेको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले समेत बैंक र व्यवसायी एउटै व्यक्ति हुँदा ब्याजदर नियन्त्रणमा समस्या आएको बताउँदै आएका छन् । उनले यस विषयको हल सरकार र राष्ट्र बैंकसँगभन्दा पनि निजी क्षेत्रसँगै भएको भनाइ राख्दै आएका छन् । कर्जा कारोबार गर्ने व्यक्ति बैंक संचालक हुँदा स्वार्थ बाझिने हुँदा वित्तीय क्षेत्रमा समस्या आएको राष्ट्र बैंकको ठहर छ ।

उद्योगी र बैंक संचालक एकै व्यक्ति, परिवार र समूहबाट हुन नपाउने प्रस्ताव राष्ट्र बैंकले २०७३ को वाफिया संशोधनका बेलामा समेत पेश गरेको थियो । संसदमा भएको व्यापारीको प्रतिनिधित्व र तिव्र राजनीतिक लविङका कारण उक्त प्रस्ताव पारित हुन भने सकेन । उद्योगी र बैंकर्स एउटै बन्दा स्वार्थ बाझिएको निस्कर्ष सहित राष्ट्र बैंकले संशोधन प्रस्ताव अघि सारेको हो ।

अब ऐन परिमार्जन भएर आउँदा उद्योग धन्दा गर्ने वा व्यवसायिक क्षेत्रमा रही कर्जाको कारोबार गर्ने व्यक्ति सञ्चालकहरुमा बस्न नपाउने उल्लेख गरिएको छ । राष्ट्र बैंकका मौद्रिक उपकरणहरूले तरलता संकट र व्याजदर नियन्त्रणमा काम नगरेपछि सरकारले बाफिया नै परिवर्तन गर्न लागेको हो । ऐन परिमार्जनको तयारीमै राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंकको सूची समेत तयार पारेको छ । उद्योगी र बैंकर्सहरुलाई वैधानिक रुपमा अलग अलग गर्ने तयारी नयाँ ऐनमा भएको छ । ऐन संशोधनसँगै यसको कार्ययोजना नेपाल राष्ट्र बैंकले बनाउने छ ।

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार १२:४१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...