back
NMB ad

सर्वोच्चले गर्यो एनसेलको कर निर्धारण बदर, राज्यलाई करिव १८ अर्व कर घाटा

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल झन्डै ४० अर्ब रुपैयाँ लाभकर तिर्नबाट जोगिएको छ ।

ठूला करदाता कार्यालयले एनसेलमाथि निर्धारण गरेका लाभ कर प्रक्रियालाई सर्वोच्च अदालतको सोमबारको इजालसले बदर गरिदिएको हो ।

यस आदेशपछि एनसेल करिब ४० अर्ब रुपैयाँ कर दायित्वबाट जोगिएको छ । टेलिसोनिया र एक्जिटायबीच भएको खरिदबिक्रीमा भारी लाभकर कर तिर्नुपर्ने ठूला करदाता कार्यालयको जिकिर थियो ।

सर्वोच्च अदालतका ५ न्यायाधीशहरुकोको इजलासले एनसेलमाथि निर्धारण गरिएको लाभकर दायित्व बदर गर्न आदेश दिएको हो ।

यसअघि गत वैशाख पहिलो साता ठूला करदाता कार्यालयले एनसेललाई ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँको लाभकर कर तिर्नुपर्ने निर्देशन दिएको थियो ।

यसमध्ये एनसेलले सरकारलाई यसअघि नै तिरिसकेको २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कटाएर बाँकी रकम भुक्तानी गर्न ठूला करदाता कार्यालयले भनेको थियो । यस निर्णयको विरोध गर्दै एनसेल सर्वोच्च अदालत पुगेको थियो ।

२०७६ भदौ १० गते प्रकाशित

वि.सं.२०७६ भदौ १० मंगलवार ०८:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...