काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता भएको छ ।
लामिछानेले आचारसंहिता पालना नगरी आफूलाई टेलिभिजन कार्यक्रममा ल्याएको भन्दै कञ्चनपुरका खेम भण्डारीले उजुरी पेश गरेका हुन ।
रवि लामिछानेले टेलिभिजन कार्यक्रममा आफूलाई गेष्टका रुपमा बोलाएर संहिता विपरीत प्रस्तुत भएको आरोप उजुरीमा उल्लेख गरिएको छ ।
पत्रकार आचारसंहिता उल्लङ्घन भएको भन्दै रवि लामिछानेविरुद्ध हदैसम्मको कार्बाहीको माग गरिएको छ ।
हेर्नुहोस यस्तो छ मुद्धा
२०७६ भदौ ११ गते प्रकाशित
वि.सं.२०७६ भदौ ११ बुधवार १५:०५ मा प्रकाशित