back
NMB ad

मुख्यमन्त्री पौडेलको प्राथमिकतामा कृषि क्षेत्र

Kumari bank ad

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका माछा पोखरी तथा तरकारी फर्महरुको अवलोकन गर्दै उहाँले कृषि उत्पादन बढाउन प्रदेश सरकार तत्पर रहेको समेत स्पष्ट पार्नुभयो ।

कृषि क्षेत्र बिकासको मेरुदण्ड रहेको भन्दै उहाँले आर्थिक विकास गर्न कृषिलाई जोड दिन सबैलाई आग्रह समेत गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको कृषि र पशुपालन संगसंगै लैजाने नीति रहेको उल्लेख गर्नुभयो । कृषिलाई निर्वाहमुखी भन्दा पनि व्यवसायिक र प्रविधिमैत्री बनाउनु पर्नेमा पौडेलले जोड दिनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका ११९ वटै स्थानीय तहहरुमा कम्तिमा एउटा कृषि केन्द्र स्थापना गर्ने बताउदै एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले किसानलाई मार्कापार्ने किसान र उपभोक्ताहरु बिचको बिचौलिया प्रथाको अन्त्य गरिने र बृहत कृषि बजार स्थापना गरिने धारणा राख्नुभयो । हरेक कृषि उपजहरुको बजारीकरणका लागि दिगो र भरपर्दो कृषि बजारको व्यवस्था गरीने मुख्यमन्त्री पौडेलको भनाई थियो । सरकारले लिएको दिगो विकासको लक्ष्य अनुरुप हुने गरि काम गरीने उहाँको भनाई थियो ।

मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्र कृषि तथा पशुपालनमा पकेट क्षेत्र भएपनि खहरखोलाले दुख दिएको प्रति लक्षित गर्दै मुख्यमन्त्री पौडेलले उचित र मजबुद तटबन्दको व्यवस्था गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । पौडेलले कृषिमा लागत कम गरी उत्पादन बढाउन यसै क्षेत्रमा दाना उद्योगको आवश्यकता पर्ने बताउदै त्यसको व्यवस्था गरिने बताउनुभयो । पौडेलले प्रदेश ३ तथा देश नै माछामा आत्मनिर्भर बनाउनुपर्ने उल्लेख गर्नुभयो । बाटो र बिजुलीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको जनाउदै पौडेलले सरकारको मुल अभियान नै कृषि क्रान्ती गर्ने भएकोले सबै जनता कृषिमा जोडीनु पर्ने बताउनुभयो । सरकारको प्राथमिकता एकीकृत खेती भएकोले सोही अनुसार एकीकृत खेतीप्रणाली लाई सरकारले सहयोग गर्ने तथा आधुनिक कृषिलाई जोड दिने उहाँको धारणा थियो ।

माटो परीक्षण लगायतको सुविधाका लागि हरेक गाउँपालिकामा एक एक वटा तथा हरेक निर्वाचन क्षेत्र र हरेक जिल्लामा एक एक वटा माटो जाँच केन्द्रको स्थापना गरिने उहाँको भनाई थियो । उहाँले ठाउँ, वातावरण र स्थानको विशेषता अनुसार खेती गर्नुपर्ने धारणा राख्नुभयो । किसान र कृषि प्रदेश सरकारको पहिलो प्रथमिकता भएकोले सरकारले सकेको सहयोग गर्ने उहाँको भनाई थियो ।

अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलसंग स्थानियले सडक, बिजुलीलगायत उद्यम सञ्चालनका लागि चाहिने आवश्यक अनुदानको समेत माग गरेका थिए । अवलोकनका लागि जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढि गाउँपालिकाका प्रमुख बिदुर हुमागाई, मनहरी ४ नम्बर वडाका अध्यक्ष ध्रुब खड्का लगायत सहभागि थिए ।

२०७६ भदौ १५ गते प्रकाशित

वि.सं.२०७६ भदौ १५ आइतवार ०८:५१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...