back
NMB ad

जापानिज भाषा परीक्षा तयारी अन्तिम चरणमाः ६० हजार नेपाली नर्स लैजाने

Kumari bank ad

काठमाडौं । कार्तिक १० र ११ गते हुने जापानिज भाषाको तयारी अन्तिम चरणमा पुगेको छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले तयारी गरिरहेको छ ।

जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षामा सामेल हुने विद्यार्थीले अनलाइनबाट फारम भर्नु पर्नेछ ।

भाषा सञ्चालन गर्दै आएको जापान फाउन्डेसनको कार्यालय नभएकाले नेपालस्थित जापानी राजदूतावासबाट टोकन लिनुपर्छ । टोकन पश्चातमात्रै अनलाइनबाट फारम भर्न पाइन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार भाषा परीक्षाका लागि जापान फाउन्डेसनले छिट्टै सूचना प्रकाशित गर्नेछ ।

वेवसाइटमा सूचना प्रकाशित भएपछि टोकन लिने र अनलाइनबाट फारम भर्न पाइन्छ । नर्सिङ केयरका लागि एन फो तहको परीक्षा उत्तीर्ण गर्नुपर्छ । सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउने व्यवस्था छ ।

जापनिज भाषा परीक्षा दिन चार हजार पाँच सय येन शुल्क तोकिएको छ । भाषामा सामेल हुन २५ सय, सीपमा एक हजार र नर्सिङ क्षेत्रका लागि एक हजार शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ। छनोटमा परेका कामदारको भिसा प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने समझदारीमा उल्लेख छ ।

उपसचिव ढकालका अनुसार कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन हुनेछ । कम्प्युटरबाटै परीक्षा सञ्चालन हुने भएकाले परीक्षार्थीले तुरुन्तै आफ्नो नतिजा थाहा पाउन सक्छन ।

उत्तीर्ण भएका सूचीका आधारमा कामदार जापान जान पाउने छन ।नर्सिङ केयरका लागि जापानले ६० हजार कामदार लैजाने तयारी गरेको छ । नेपालबाट कामदारको कोटा यकिन नभए पनि रोजगारदाताको मागका आधारमा कामदार जापान जान पाउनेछन ।

भाषामा निपुण भएका र नर्सिङ क्षेत्रमा रुचि भएका व्यक्ति अरु कुनै योग्यता र तालिमको प्रमाणपत्र बिना नै जापान जान पाउनेछन ।

२०७६ भदौ १६ गते प्रकाशित

वि.सं.२०७६ भदौ १६ सोमवार ०८:४९ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...