back
NMB ad

नेप्सेको वृद्धि आज पनि निरन्तर, माछापुच्छ्रे बैंकको उच्च कारोबार

Kumari bank ad

काठमाण्डौ । बुधबार पनि बजार बढेको छ । मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार भने ३.८७ अंकले बढेर ११९४.७७ को विन्दूमा पुगेको छ ।

नेप्से परिसूचकमा सामान्य बढोत्तरी भए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकममा भने गिरावट आएको छ । कारोबार रकम घटेर ४३ करोड ६४ लाखमा सीमित बन्न पुगेको छ ।

यो दिन राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३७ अंकको बढोत्तरी देखिएको छ ।

बित्त समूहको सूचक ३.६ अंकले घटेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा १९.४५ अंक र अन्य समूहमा २.१४ अंकको गिरावट आएको छ । बाँकी सबै समूहको सूचक हराभरा भएका छन ।

बैंकिङ समूह ६.१ अंकले बढेको यो दिन विकास बैंक समूहमा ३.१७ अंक, होटल समूहमा ६.४२ अंक, जलविद्युत समूहमा ४.३ अंक निर्जीवन बिमा समूहमा २५.२ अंक, जीवन बिमा समूहमा ८.३९ अंक, माइक्रोफाइनान्स समूहमा २.८१ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको बढोत्तरी भएको छ ।

आजको दिन बजारमा १६८ कम्पनीका १४ लाख २२ हजार ११२ कित्ता सेयर ४३ करोड ६४ लाख ४४ हजार ६८८ रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी माछापुच्छ्रे बैंकले ९ करोड ३० लाख बढीको कारोबार गरेको छ । नेपाल बैंकले २ करोड १ लाख बढीको कारोबार गरेको यो दिन नागरिक लगानीकोषले १ करोड ९२ लाख, प्रभू बैंकले १ करोड ६३ लाख, सानिमा बैंकले १ करोड ५६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ४० लाख, नवील बैंकले १ करोड १८ लाख, शिवम् सिमेन्टले १ करोड १२ लाख, कुमारी बैंकले १ करोड १ लाख र एनआइसी एशिया बैंकले १ करोड १ लाख बढीको कारोबार गरे ।

यो दिन पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.२८ प्रतिशतले बढेको छ ।
हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको सेयर मूल्यमा ३.४२ प्रतिशतको गिरावट आयो ।

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार १७:२९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...