back
NMB ad

लजालु स्वाभावका ‘लोभीपापी’ संरक्षणमा गाउपालिका

Kumari bank ad

धादिङ । धादिङको एक गाउपालिका लजालु स्वाभावका ‘लोभीपापी’ संरक्षणमा लागेको छ । विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा रहेको लोभीपापी गरुड संरक्षण अभियानमा गाउँपालिका र विद्यार्थी लाग्ने भएका छन ।

दक्षिणी धादिङको गजुरी गाउँपालिकाको किराञ्चोकस्थित लामाचिरा, पर्वाङल रुम्टा, तिलाहार क्षेत्रलाई चरन क्षेत्र बनाएर लामो समयदेखि बसिरहेको लोभीपापी गरुड, भुँडीफोर, हिलेगिद्ध संरक्षण गर्ने विद्यार्थी र गाउँपालिकाले एकसाथ प्रतिबद्धता जनाएका हुन ।

गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले गाउँपालिकाले यो पक्षी संरक्षण गर्न योजना बनाएर लाग्ने बताउनुभयो । किराञ्चोक मावि पर्वाङका विद्यार्थीहरूले भने सिकारीबाट बचाउने लगायतका बासस्थान संरक्षण र आहारा संरक्षणको अभियान नै चलाएर दुर्लभ पक्षी संरक्षणमा लाग्ने सामूहिक प्रतिबद्धता गरेका हुन ।

जोगाउनुपर्ने सूचीमा रहेको लोभीपापी गरुड भन्ने यकिन भएपछि गाउँबासीसमेत संरक्षण अभियानमा लाग्ने र अरूलाई सचेत गराउने लामाचिराका किरण न्यौपानेले बताउनुभयो ।

लोभीपापी गरुडले ठूलो करम, सिमल, आँप र सल्लाको ठूलो बोटमा बासस्थान बनाएर बस्ने गरेको छ। नेपालमा पाइने ८ प्रकारका गरुडमध्ये एक भएको लोभीपापी गरुडका विज्ञ प्रशान्त घिमिरेले बताउनुभयो ।

लोभीपापी गरुडले विषालु सर्प, भ्यागुता, गँगटा, किसानका खेतबारीमा पाइने कीरा खाएर बस्ने भएकाले यो किसानको सहयोगीका रूपमा रहेको छ । यो लजालु स्वाभाव भएको गरुड हो ।

कालो शरीर, सेतो घाँटी, कालो टोपी जस्तो टाउको र सेतो ठोड, रातो चुच्चो भएको दुर्लभ चरा लोभीपापी गरुड हो । -नेपाल समाचार पत्रबाट

२०७६ भदौ २२ गते प्रकाशित

वि.सं.२०७६ भदौ २२ आइतवार १५:०५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...