back
NMB ad

पौने २ अर्बको हकप्रद सेयर निष्कासनको तर्खरमा ४ बिमा कम्पनीः हेर्नुहोस् ! कसको कति ? (सुचिसहित)

Kumari bank ad

काठमाडौं । बिमा समितिले पुँजी बढाउन दवाव दिएपछि ४ ओटा बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेका छन ।
ती कम्पनीले हकप्रद सेयर निष्कासन गरेर न्युनतम पुँजी पुर्याउन लागेका हुन ।

हकप्रद सेयर निष्कासन गर्नेमा प्रडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन ।

४ कम्पनीले १ अर्ब ८७ करोड ३६ लाख ७५ हजार ७५० रुपैयाँ बराबरको १ करोड ८७ लाख ३६ हजार ७५७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन ।

हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । प्रडेन्सियलले हालको चुत्तापुँजीको ६० प्रतिशत अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको ३८ लाख ४९ हजार १२० कित्ता र गुराँशले १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ८५ हजार कित्ता रहेको छ ।

यस्तै एनएलजीले ६० प्रतिशत अर्थात ३८ करोड ४२ लाख ४३ हजार रुपैयाँको ३८ लाख ४२ हजार कित्ता र लुम्बिनीले १६ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

नियामक बिमा समितिले जीवन बिमा व्यवसाय गर्नेलाई २ अर्ब र निर्जीवन कम्पनीलाई १ अर्ब रुपैयाँ चुत्तापुँजी तोकेको छ ।

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार १७:३४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...