सिन्धुपाल्चोक । बजार क्षेत्रमा दिन प्रतिदिन सामुदायिक (छाडा) कुकुरको संख्या बढ्दै जाँन थालेपछि हेलम्बु गाउँपालिकाले नियन्त्रण कार्य सुरु गरेको छ ।
कुकुरको संख्या बढ्न नदिनको लागि गाउँपालिकाले स्थाइ बन्ध्याकरण सुरु गरेको हो । हेलम्बु गाउँपालिका र नेपाल यनिमल वयल्फेयर एण्ड रिसर्ज (नार्क ) को आर्थिक सहयोगमा पशुसेवा कार्यालय हेलम्बुले कुकुर आतंक नियन्त्रणका लागि ४३ भाले कुकुरलाइ भ्यासेक्टोमी र ३१ पोथी कुकुरलाई मिनिल्याप गरिएको हो ।
छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा भएकाले कुकुरलाइ स्थाइ बन्ध्याकरणको साथै रेबिज बिरुद्धको सुइ लगाइएको पशुसेवा कार्यालय हेलम्बुका प्रमुख टोपबहादुर बरुवालले जानकारी दिनुभयो ।
गाउँपाउँपालिका भित्रको मुख्य बजार क्षेत्रका ७४ छाडा कुकुरलाई नियन्त्रणमा लिएर शुरक्षितसाथ बन्ध्याकरण गरिएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।
यो अभियानमा स्थानियको उल्लेखनिय सहयोग मिल्नुको साथै स्थानियमा खुसि छाएकाले यस्तो कार्यलाइ आगामि दिनमा पनि निरन्तरता दिने प्रमुख बरुवालले बताउनुभयो ।
२०७६ भदौ ३० गते प्रकाशित
वि.सं.२०७६ भदौ ३० सोमवार १५:५९ मा प्रकाशित