back
NMB ad

वैदेशिक रोजगार पीडितलाई भदौ महिनामा विभागले भरायो सवा २ करोड बढी क्षतिपूर्ति

Kumari bank ad

काठमाण्डौ । वैदेशिक रोजगार विभागले भदौ महिनामा मात्रै वैदेशिक रोजगार पीडितलाई २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति भराएको छ ।

नयाँ र पुराना गरी दुई सय ९५ पीडितलाई क्षतिपूर्ति रकम भराएको विभागका महानिर्देशक भीष्मकुमार भूसालले बताउनुभयो । विभागमा भदौ महिनामा संस्थागत तर्फ १६७ र व्यक्तिगततर्फ ४८ उजुरी परेका थिए ।

महानिर्देशक भूसालका अनुसार भदौ महिनामा विभागमा दर्ता भएका उजुरीमध्ये संस्थागततर्फ ८५ र व्यक्तिगततर्फ ४० मुद्दा फरफारक भएका छन ।

यस्तै संस्थागततर्फका १ सय ७० वटा पुराना मुद्दा पनि भदौ महिनामै फरफारक भएको भूसालले बताउनुभयो । टर्कीको रोजगारीमा जाने क्रममा अघिल्लो वर्ष ठगिएका १ सय ७० जनाको क्षतिपूर्ति पनि यसै महिना भराएकोले क्षतिपूर्तिको यो रकम अहिलेसम्मकै उच्च रहेको उहाँको भनाइ छ ।

‘यो भन्दा पहिले एक महिनामा सबैभन्दा बढी १ करोड रुपैयाँसम्म क्षतिपूर्ति भराएको रेकर्ड थियो, यो आजसम्मकै सबैभन्दा बढी हो’, उहाँले भन्नुभयो, ‘ टर्की पीडितले मात्रै ९७ लाख रकम क्षतिपूर्ति पाउनुभएको छ ।’

म्यानपावर कम्पनी, रोजगारदाता कम्पनी र टर्की दूतावाससँगको छलफलपछि टर्की पीडितलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको निर्देशक भूसालले बताउनुभयो ।

यस्तै भदौ महिनामा २ करोड ८५ लाख बिगो दाबीसहित ४१ मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पेश भएका छन । यस्तै व्यवसायीबाट १९ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरेको निर्देशक भूसालले बताउनुभयो । -उज्यालो अनलाइनबाट

२०७६ असोज ०१ गते प्रकाशित

वि.सं.२०७६ असोज १ बुधवार १४:१० मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...