back
NMB ad

“सालिन मन्त्री र ज्ञानेन्द्र शाहीको दम्भ”

Kumari bank ad

काठमाडौं । नेपालीमा एउटा उखान छ कुकुर तल परेपनि कुइकुइ माथि परेपनि कुइकुइ भने झै यतिबेला आफुलाई नागरिक अगुवा भएको दावी गर्ने ज्ञानेन्द्र शाही सामाजिक संजालमा भाइरल बनेका छन ।

नेपालगन्ज बाट काठमाडौको उड्ने बुद्ध एअरको हवाई जहाज समय तालिका भन्दा केही समय ढिलो गरेको भनी नेपालगन्ज एअरपोर्टमा हंगामा मच्चाउने काम गरेर उनले आफ्नो मण्डलले चरित्र प्रर्दशन गर्न सफल भएका छन ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको कारणले काठमाडौ जाने यात्रुले सास्ती खेप्नुपरेको जुन तर्क अहिलेका सामाजिक संजालका पात्रको रूपमा चिनिने शाहीले जुन कुरा उठाएर बिरोध गरे त्यसलाई अन्यथा मान्नु हुदैन तर उनले जुन हरकत त्यहाँ प्रर्दशन गरे साच्चै त्यो उनको अबस्था हेर्दा साच्चै उनी कित मानसिक सन्तुलन गुमाइसकेका ब्यक्ति हुन् भन्ने जो कोहीले पनि अनुमान लगाउन सक्छन ।

कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कदै गरेका मन्त्रीले आफ्नो कारणले ढिला भएको भनेर सार्वजनिक रूपमा माफी मागे यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

कार्यक्रम ढिला शुरू भएको कारणले फर्कन बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो ।

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा परेको भन्दै मन्त्री भट्टराईले सामाजिक संजाल मार्फत माफी मागेका छन ।

नेपालगंज बिमानस्थलमा २/४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मन्त्री भट्टराईको बिरुद्ध प्रस्तुत भए जुन नियतबस नै थियो भनेर भन्न सकिन्छ । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुस्ख दिएको छस् रु त्यो हामीले कहाँ बिर्सेंका छौ र रु भनेर जुनखालको आक्रोश पोखे त्यसबाट के कुरा बुझ्न सकिन्छ भने नेपालगन्जमा मन्त्रीको बिरोध गर्नेको नियत के हो भनेर बुझ्न धेरै टाढा जानुपर्छ भन्ने लाग्दैन ।

काठमाडौ जाने अन्य यात्रु तथा बुद्ध एयरले देखाएको सहनसिलता प्रहरी प्रशासनले गरेको संयमता लाई पनि सकारात्मक रूपमा लिन जरुरी छ । साच्चै नेपालगन्ज काठमाडौ उडान मन्त्रीको कारणले एक घण्टा ढिलो भयो यसको लेखाजोखा गर्नुपर्ने कुरा आफ्नो ठाउँमा छ ।

अहिले सामाजिक संजालमा स्याल हुँइया मच्चाउने ज्ञानेन्द्र शाहीको बोली र व्यवहार एकपटक सबै नेपाली हेर्न जरुरी छ ।मैले आज देश सुधार गर्ने भनेर जुन अभियान लिएर हिडिरहेका छन् साच्चै यीनको यस्तै खालको बोली र रबैया बाट परिवर्तन संभव छ त अबश्य छैन ।

सरकारले गलत गरेको छ भने बिरोध गर्नुपर्छ भ्रष्टाचार भएको सबैले बिरोध गर्नुपर्छ यसमा कुनै अन्यथा छैन । आज बिरोधको नाममा पागलपनको हरकत जुन गरे एकजना मन्त्री माथि जसरी जाइलागे त्यसले ज्ञानेन्द्र को आफ्नै हाइत घटेको छ ।हवाई सेवा कम्पनीले आफ्नो यात्रु लाई  समयमै गन्तव्यमा र्पुयाउनु पर्छ त्यो कुरामा पनि सजग भने हुनुपर्छ ।एकजना मन्त्री नेताको कारणले जहाज होल्ड गरेर सारा दुनियाँ लाई दुख दिन पाइदैन ।

अहिले देशमा लोकतन्त्र आएको छ बोल्ने लेख्ने स्वतन्त्रता सबैलाई छ तर मनपरि रूपमा बोल्ने छुट कसैलाई पनि छैन ।
मान्छेलाई स्वतन्त्रता संबिधानले दिएको छ स्वच्छता भने दिएको हैन ।अहिले स्वतन्त्रताको नाममा स्वच्छन्दता जसरी प्रकट गरिरहेका छन ।

गणतन्त्र विरोधीहरूले यसलाई बेलैमा रोक्न जरुरी छ साच्चै गाली गलौज गर्ने पनि सिमा हुन्छ अहिले ज्ञानेन्द्रका टोलीले त्यो सबै हद पार गरिसकेका छन नेपालगन्जमा गरेको दुरब्यहार लाई हेर्ने हो भने यस्ता मान्छेलाई सार्वजनिक अपराधी घोषणा गरेर जेल पठाउन जरुरी छ । इतिहासमै शक्तिशाली सरकार भएको भनेर दावी गर्ने तर काम व्यवहार भने राम्रोसँग गर्न नसक्दा आज यो परिस्थिति सृजना भएको हो । साच्चै अहिले पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका योगेश भट्टराई एकजना आशा लाग्दा नेता हुन आजका दिनुसम्म आइपुग्दा भट्टराईले निष्ठाकै राजनीति गरेका छन भनेर नेपाली जनताले पनि स्विकार्दै आएका छन ।

अहिले भएको मन्त्री मण्डलमा राम्रो ब्यक्ति खोज्नु परेमा भट्टराई अग्रपंक्तिमा आउने गर्छ । अब कसरी भट्टराईलाई बदनाम गर्न सकिन्छ भनेर एकथरी मण्डललेहरू लागि परेका छन् साच्चै भन्ने हो यिनीहरू पंचायतकालका मण्डलले भन्दा पनि अझै खराब खालको प्रवृत्ति बोकेका मण्डलले हुन भन्दा अब कसैको पनि दुई मत हुदैन होला । हो भोलिका दिनमा ज्ञानेन्द्र शाही शक्तिमा पुगेको बेला देशमा जसले जेजे मनलाग्यो त्यहीँ त्यहीँ गर्ने छुट पाउछ त रु अबश्य पनि पाउदैन होला ।

अहिले नेपालमा नराम्रो गर्न लाई केही पनि गर्न पर्दैन यहाँ राम्रो गर्न लाई र्गाहो हो जताततै भ्रष्टाचारी फटाहा लुच्चा दलालको बिगबिगि भएको हुनाले सुधार गर्न र्गाहो परेको हो अहिलेको सरकारले सरकारका सरोकारवाला निकायले सामान्य काम पनि समयमा नगर्दा आज ज्ञानेन्द्र जस्ता ब्यक्तिले मनपरि फलाक्न पाएका हुन ।

अहिले पनि राजनीतिमा भएको बेथिति सरकारले गरेका गल्ती कमजोरी सच्याउनु पर्ने छन भनेर सल्लाह सुझाव मात्रै हैन त्यसको बिरोध समेत भइरहेको छ तर पनि सच्याउने तर्फ लागेको देखिदैन ।काठमाडौ पोखरा विराटनगर नेपालगन्ज बिमानस्थल बाट उड्ने हवाई जहाज दिनहुँजसो निर्धारित समयमा उड्दैनन सधैं ढिलो हुने गर्दा यात्रुले घण्टौ प्रतिक्षा गर्नु परेको कुरा अहिलेसम्म समाधान भएको छैन । मात्रै एकदिन हिरो हुनलाई मनपरि बोल्ने ज्ञानेन्द्र शाहीहरूको आँखा कुन ठाउँमा छ यो समस्या बारे किन बोल्दैनन त यो झन ठूलो समस्या छ ।

अहिले जसरी हुन्छ सरकारमा गएका राम्रो मान्छेलाई बदनाम गरेर आफ्नो पुरानो सत्ता फर्काउन सकिन्छ कि भनेर पुरानो शक्तिले यस्तै खालका भाडाका टट्टू अगाडि सारेका हुन भन्ने कुरा अब छर्लङ्ग भएको छ ।नेपालगन्जको घटना त मात्रै प्रतिनिधि घटना मात्रै हो देशमा बुढी मरि भन्ने पिर हैन काल पल्कियो भन्ने डर हो ।

 

 

 

 

 

 

 

लेखकः पत्रकार राजेशचन्द्र राजभण्डारी  ,बागलुङ  

२०७६ असोज ०१ गते प्रकाशित

वि.सं.२०७६ असोज १ बुधवार १७:२२ मा प्रकाशित

You can share this post!

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...