back
NMB ad

पद गुम्ने र नाम हराउने डरले मर्जरमा जान चाहाँदैनन् बैंकहरु

Kumari bank ad

काठमाडौं । बैङ्कहरुले नेपाल राष्ट्र बैङ्कमा बुझाएको प्रगति विवरणमा मर्जरमा कुनै प्रगति नभएको देखिएको छ ।  केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कसँग मर्जरका लागि हालसम्म भएका प्रगति विवरण १० दिनभित्र बुझाउन निर्देशन दिएको थियो ।

राष्ट्र बैङ्कमा प्रगति विवरण बुझाउने अधिकांश बैङ्कले मर्जर र प्राप्तिको प्रक्रिया अघि बढाउन मर्जर समिति गठन गरेको, समितिले मर्जरका लागि विभिन्न बैङ्कसँग छलफल गरिरहेको, मर्जरको प्रक्रिया अगाडि बढिरहेको र सञ्चालक समितिमा छलफल जारी छ भन्ने उल्लेख गरेका छन ।

उनीहरुले बैङ्क तथा वित्तीय संस्थाको नाम तोकेर मर्जर वा प्राप्तिका लागि ठोस् प्रगति भएको विवरण बुझाएका छैनन ।
हालसम्म २२ वटा वाणिज्य बैङ्कले मर्जरमा जान तयार रहेको जानकारी केन्द्रीय बैङ्कलाई दिएका छन ।

मौद्रिक नीतिमा ‘फोर्स मर्जर’को व्यवस्था नगरिएपछि राष्ट्र बैङ्कले मर्जरका लागि हालसम्म भएका प्रगति विवरण मागेको थियो ।

मौद्रिक नीति आउनुअघि बैङ्कहरुले मर्जरमा जान तयार छौं भनेर मात्रै प्रतिबद्धता व्यक्त गरेका थिए । अहिले प्रगति पनि खासै भएको छैन । राष्ट्र बैंकले निर्देशन जारी गरेपछि ‘पठाउनका लागि मात्रै’ बैंकहरुले प्रगति विवरण पठाएका छन ।

मर्जरमा जान अधिकांश बैङ्कले चाहेका छैनन । सञ्चालक र अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पद गुम्ने डर र नाम पनि हराउने भन्दै मर्जरमा जान चाहेका छैनन ।

२०७६ असोज ०२ गते प्रकाशित

वि.सं.२०७६ असोज २ बिहीवार ०८:५५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...