back
NMB ad

दुई बैंक २० करोड इकाइ बिक्री गर्ने तयारीमा

Kumari bank ad

काठमाडौं । सेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड) अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन ।

नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवर्दधन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवर्दधन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो।

बोर्डमा छलफलका क्रममा रहेका ती योजनाअनुसार ‘ग्लोबल आइएमई म्युचुअल फण्ड’ अन्तर्गत रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्री गरिने छ । त्यस्तै ‘लक्ष्मी म्युचुअल फण्ड’अन्तर्गत रु ८० करोड बराबरको आठ करोड इकाइ बिक्री गरिनेछ ।

बोर्डले गत भदौ २३ गतेमात्रै सनराइज बैङ्कले प्रवर्दधन गरेको ‘सनराइज फस्ट म्युचुअल फण्ड’ योजनाअन्तर्गत रु एक अर्ब बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृति दिएको छ ।

नेपाल स्टक एक्सचेन्जमा हाल १७ वटा सामूहिक लगानी कोष योजना सूचीकृत छन । सेयर बजार निरन्तर ओरालो लागेका कारण अधिकांश योजनाको प्रतिइकाइ मूल्य आधारभूत मूल्यभन्दा कम रहेको छ ।

स्टकमा सूचीकृतमध्ये नवील ब्यालेन्स फण्ड–१ को प्रतिइकाइ मूल्य रु १६.६५, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ रु १०.८५ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१ को प्रतिइकाइ मूल्य २०.०९ रहेको छ ।

२०७६ असोज ०२ गते प्रकाशित

वि.सं.२०७६ असोज २ बिहीवार १४:४६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...