back
NMB ad

राष्ट्रपति सीसँग रात्रिभोजमा यस्ता एजेण्डासहित सहभागी हुँदैछन यी व्यवसायी (नाम/सूचिसहित)

Kumari bank ad

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

आज साँझ हुने रात्रिभोजमा नेपालका उच्चपदस्थ व्यक्तिहरु सहभागी हुँदै छन । उक्त रात्रिभोजमा सीमित उद्योगी व्यवसायीलाई राष्ट्रपति कार्यालयले निम्तो पठाएको छ ।

रात्रीभोजमा उद्योग वाणिज्य महासंघबाट दुई जना सहभागी हुँदै छन, भने नेपाल चेम्बर अफ कमर्सबाट एक जना र नेपाल उद्योग परिसंघबाट पनि एक जना सहभागी हुँदै छन । नेपाल बैंकर्स संघका अध्यक्ष पनि सहभागी हुनेछन ।

आज साँझ ७ः३० बजेदेखि सुरु हुने रात्रिभोजमा २ सय ५० जना सहभागी हुँदै छन । व्यवसायी स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहाभागी हुने निश्चित भएको छ ।

त्यस्तै, उद्योग परिसंघका अध्यक्ष सतिस मोर हाल भारतमा रहेका छन् भने परिसंघकै निवर्तमान अध्यक्ष हरिभक्त शर्मा रात्रिभोजमा सहभागी हुनेछन ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई पनि निम्तो आएको बताइएको छ । उद्योगी व्यवसायीहरुलाई छुट्टै भेट नदिएकोले उक्त रात्रिभोजमा नै केही एजेण्डामा छलफल गर्ने रात्रिभोजमा सहभागी हुने व्यवसायीहरुले बताएका छन ।

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २५ शनिवार १५:४३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...