back
NMB ad

एनआरएनएको निर्वाचन आज हुँदै, कस्ले मार्ला बाजी ? यस्तो छ पन्त र आचार्य टिम

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज बुधबार निर्वाचन हुँदैछ । एनआरएनएको निर्वाचनले ४२ जना नयाँ पदाधिकारी चयन गर्ने छ ।

एनआरएनएको नवौं महाधिवेशन बुधबारदेखि राजधानीमा सुरु भएको हो । सम्मेलनमा ८१ मुलुकबाट २ हजार ५०० भन्दा बढीको सहभागिता छ ।

निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि प्रकाशित गरेपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुने गर्दछ ।

कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ ।निर्वाचनका लागि बुधबार बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ ।

नयाँ नेतृत्वका लागि उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन । दुबै समूले आफनो प्यानल खडा गरेर निर्वाचनमा होमिएका छन ।

यस्तो छ पन्तको प्यानल

जर्मनीलाई कर्मथलो बनाएका कुमार पन्त दुई पटक उपाध्यक्ष भएका छन । अघिल्लो पटक उनले वर्तमान अध्यक्ष भवन भट्टलाई छाडेका थिए । अघिल्लो पटक भट्ट र जमुना घलेबीच प्रतिस्पर्धा भएको थियो ।

पन्त समूहबाट उपाध्यक्षमा बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् । महिला उपाध्यक्षमा रसिया निवासी सपिलाराज भण्डारीले उम्मेदवारी दिने भएकी छिन।

यस्तै महासचिवमा बेलायत निवासी डा। हेमराज शर्माले उम्मेदवारी दिने भएका छन । सचिवमा अझै निश्चित भएको छैन । सचिवमा अमेरिका निवासी गौरी जोशी, बेल्जियमका शिवकुमार बरुवाल र मध्यपूर्वका राजेन्द्रकुमार शर्माले दावी गरेका छन ।
कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन । सह–कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल, रसियाका गोबिन्दप्रसाद गौतम र अमेरिकाबाट एसी शेर्पाले दाबी गरेका छन।

यस्तो छ आचार्य प्यानल

बेलायत निवासी आचार्य पनि प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । उनी संघका वर्तमान उपाध्यक्ष हुन । आचार्यको प्यानलबाट उपाध्यक्षमा अमेरिकाका केशव पौडेल, अष्ट्रेलियाका मन केसी, मध्यपूर्वका नरेन्द्र भाट र अमेरिकाबाट रबिना थापा चुनावी मैदानमा उत्रिएका छन ।

महासचिवमा बेल्जियमकी जानकी गुरुङ उम्मेदवार बनेकीछिन । कोषाध्यक्षमा सोम सापकोटाले आचार्य उठ्ने भएका छन ।

२०७६ असोज २९ गते प्रकाशित

वि.सं.२०७६ असोज २९ बुधवार ०९:२२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...