back
NMB ad

एनआरएनए आइसिसीको उपाध्यक्षमा यसकारण श्रेष्ठ, यस्ता छन प्रतिवद्धता

Kumari bank ad

काठमाडौं । अर्जनु कुमार श्रेष्ठ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रियय समन्वय परिषद (एनआरएनए आइसिसी) को उपाध्यक्ष पदको उम्मेदवार हुन ।

श्रेष्ठ पर्वत जिल्लामा जन्मिएर सन् २००५ देखि बेल्जियम बस्दै आउनुभएको छ । दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य, एक कार्यकाल यूरोप क्षेत्रीय संयोजक र एक कार्यकाल केन्द्रीय सचिवको जिम्मेवारी सम्हालीसक्नु भएको छ ।

एनआरएनए नेतृत्वको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका मिलनसार र समाजसेवाको भावनाले ओतप्रोत रहेका श्रेष्ठको होटल, रेस्टुरेन्ट, रेमिट्यान्स, औषधि उद्योग, फार्मेसी, आयातरनिर्यात, ट्रेडिङ, हार्डवेयर, बैंकिङलगायतका क्षेत्रमा लगानी छ ।

एनआरएनए आइसिसीका पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले आफ्नो प्रतिवद्धता तथा एजेण्डा सार्वजनिक गर्नुभएको छ । श्रेष्ठले २०१९–२१ का लागि आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणासहित एजेण्डा सार्वजनिक गर्दा सबै एनआरएनको रोजाईमा पर्नुभएको छ ।

यस्ता छन श्रेष्ठका घोषणा पत्र र प्रतिवद्धता

‘गैरआवासीय नेपाली अभियान सुरु भएको १६ वर्षमा हाम्रा माग पूरा गरेर सरकारले विकास साझेदार बन्ने बाटो खोलेको छ,’ श्रेष्ठले भन्नुभएको छ ‘गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकतालाई नयाँ संविधानले समेटेको छ । तर, ऐनमार्फत पूरा गर्नुपर्ने कामका लागि निरन्तर दबाब दिन आवश्यक छ ।’

गैर आवासीय नेपालीहरुको सामूहिक अभियानले नेपालमा लगानी भित्राएको उल्लेख गर्दै श्रेष्ठले सामाजिक क्षेत्रमा पनि यस अभियानले ठूलो योगदान पुर्याएको उल्लेख गर्नुभएको छ ।

‘संयुक्त लगानीमा सञ्चालन भइरहेका परियोजनालाई अझ अगाडि बढाउनुपर्ने दायित्व छ,’ श्रेष्ठले भन्नुभएको छ, ‘सँगसँगै नेपाल सरकारले परिकल्पना गरेको समृद्ध नेपालः सुखी नेपालीमा योगदान पुर्याउने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नुपर्ने दायित्व छ ।’

समृद्ध नेपाल नभएसम्म विदेशमा बस्ने कोही पनि नेपालीको व्यक्तिगत समृद्धिले अर्थ नराख्ने बताउँदै उहाँले मुलुकको समृद्धिका लागि लगानी भित्र्याउने कार्यमा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।विदेशमा सिकेका सीप र प्रविधिलाई नेपालको विकासका लागि प्रयोग गर्ने वातावरण तयार गर्नेछु,’ श्रेष्ठले बताउनुभएको छ ।

वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीको उद्दार र राहतका लागि विशेष पहल गर्ने, गैरआवासीय नेपालीलाई एनआरएनएमा एकत्रित गर्दै साँच्चिकै बलियो संस्थाकोरुपमा स्थापित गर्न सक्रिय रहने र नेपालमा व्यक्तिगत रुपमा भइरहेका परोपकारी कार्यलाई थप प्रोत्साहन गर्ने र संस्थागत परोपकारी कामलाई प्राथमिकतामा राख्ने योजना छ ।

श्रेष्ठले एनआरएनए स्पोर्टर्स एकेडेमी स्थापना र सञ्चालनका लागि सम्पूर्ण समयसहित योगदान गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

२०७६ असोज ३० गते प्रकाशित

वि.सं.२०७६ असोज ३० बिहीवार ०९:३० मा प्रकाशित

You can share this post!

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...