back
NMB ad

सिभिल बैंकको नयाँ शाखा काँडाघारीमा

Kumari bank ad

काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले काठमाडौें, काँडाघारी(पेप्सीकोला) मा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रताप जङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले  गर्नुभयो ।

शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकको संचालक प्रताप जङ्ग पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापा, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका प्रदेश नं ३ का प्रदेश प्रमुख भोला बहादुर विष्ट तथा अन्य विशिष्ट पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पार्नुभयो तथा कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर श्री बिन्दु सिंखडाले सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताउनु भयो ।

कार्यक्रम सभापति तथा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । यस भेगका नागरिकको सेवाको लागि सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उहाँले खुसी ब्यक्त गर्नुभयो ।

सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो ।

बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।

२०७६ कात्तिक ०१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १ शुक्रवार १४:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...