back
NMB ad

अबदेखि एनआरएनएको चुनाव नेपालमा गर्दैनौँ : कुमार पन्त

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संस्थाको निर्वाचन अब नेपालमा नगर्ने बताउनुभएको छ ।

नवौँ सम्मेलन तथा निर्वाचन कार्यक्रमका क्रममा एनआरएनएका सदस्यको अभद्र व्यवहा र भद्रगोल गतिविधिको तीव्र आलोचना भएपछि पन्तले यस्तो बताउनुभएको हो ।

कोठा/कोठमा आएर राजनीति गर्ने प्रयास गरिएपछि नेपालमा अबदेखि निर्वाचन कार्यक्रम नगर्ने अवस्थामा पुगेको उहाँको भनाई थियो।

‘संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजियो । सम्मेलनका बेला होटलका कोठा/कोठामा नेताहरू ल्याएर छलफल भए,’ विजयी पछि पत्रकारलाई प्रतिक्रिया दिँदै पन्तले भन्नुभयो, ‘अबदेखि काठमाडौंमा निर्वाचन कार्यक्रम गर्दैनौं । बरु अनलाइन भोटिङ गर्छौं।

प्रतिनिधिले मात्रै नभइ साधारण सदस्यले नै भोट गर्न पाउने व्यवस्था गर्छौं।’ उहाँले श्रमिक कल्याणकारी कोषको रकम वृद्धि गरिने पनि जानकारी दिनुभउको छ ।

दक्ष कामदार उत्पादनका लागि सरकारलाई सहयोग गर्ने पनि उहाँले बताउनुभयो । काठमाडौंमा भएको नवौं सम्मेलनबाट अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतले पराजित गर्दै २ वर्षे कार्यकालका लागि पन्त विजयी हुनुभएको हो ।

२०७६ कात्तिक ०१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १ शुक्रवार १४:५४ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...