back
NMB ad

छात्रवृत्तिमा अध्ययनका लागि दरखास्त आह्वान, कुन कलेजमा कति छुट ?

Kumari bank ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा एमबिबिएस तथा बिडिएसमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले ’राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ बमोजिम ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका तथा काठमाडौंं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।

मन्त्रालय अन्तर्गतको छात्रवृत्ति शाखाले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले कात्तिक ६ देखि २० भित्र अनलाइनमार्फत दरखास्त दिनसक्ने बताएको छ ।

सरकारले ’राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ मा व्यवस्था भएअनुरुप यसपटक देखि सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा एमबिबिएस तथा बिडिएसमा ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।

निजी मेडिकल कलेजमा १० प्रतिशत, विदेशी लगानी भएका निजी मेडिकल कलेजमा २० प्रतिशत छुट्याइएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन ।

यस्तै, विदेशी लगानी भएका मणिपाल मेडिकल कलेज पोखरा र कलेज अफ मेडिकल साइन्सेज भरतपुरले कूल सिट संख्याको २० प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ । बाँकी मेडिकल कलेजहरुले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान छ ।

मत्रालयले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको योग्यताक्रम निर्धारण गरिने समेत सूचनामा उल्लेख गरेको छ ।

हेर्नुहोस् सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/Common_Notices-1.pdf” title=”Common_Notices (1)”]

२०७६ कात्तिक ०६ गते प्रकाशित

 

वि.सं.२०७६ कात्तिक ६ बुधवार १०:१३ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...