back
NMB ad

अब कुखुरापालक किसानले चल्ला नकिन्ने, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । अब कुखुरापालक किसानले चल्ला नकिन्ने भन्दै  दाङका कुखुरापालक किसान आन्दोलित भएका छन । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन ।

कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा नपाल्ने बताएका छन ।

कुखुरापालक किसानको सङ्गठन किसान सरोकार मञ्चका अध्यक्ष विष्णुप्रसाद न्यौपानका अनुसार चल्ला र दानाको मूल्य सप्लायर्सहरुले अस्वाभाविकरूपमा बढाए पनि किसानले उत्पादन गरेको कुखुरामा भने अत्यधिक गिरावट आएको बताए ।

उनले आफूहरुको माग सम्बोधनका लागि दाना र कुखुराको चल्लाको मूल्य घटाउनुपर्ने वा उत्पादन भएका तयारी कुखुराको मूल्य बढाउनुपर्ने मुख्य माग रहेको बताए ।

किसानका समस्या सम्बोधन नभए कात्तिक १२ गतेबाट कुनै पनि कुखुरापालक किसानले चल्ला खरीद नगर्ने घोषणा किसानले गरेका छन । यसलाई आफूहरुले कडाइका साथ पालना गर्ने उनीहरुको भनाइ छ ।

पटक–पटक दाना र चल्लाको मूल्यमा वृद्धि हुँदा पनि कुखुराको मूल्यमा गिरावट आएको, सप्लायर्सहरुले समयमा कुखुरा नउठाउने, किसानले तत्काल कुखुराको मूल्य नपाउने, सप्लार्यसहरुले मनपरी मूल्य निर्धारण गर्ने काम गरेको अध्यक्ष न्यौपानेले बताए ।

यस्तै कुखुरापालक किसानले विभिन्न सात बुँदे माग राखेका छन् । उनीहरुले तयारी कुखुराको मूल्य बढ्नुपर्ने, समयमा तयारी कुखुरा बजारसम्म सप्लायर्सले पु¥याइदिनुपर्ने, कुखुराको रकम तत्काल पाउनुपर्ने, कुखुरा, दाना र चल्लाको मूल्य दैनिक प्रकाशित हुनुपर्ने, बच्चा र दाना गुणस्तरीय हुनुपर्नेलगायतका मागसमेत राखेर आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

अहिले बजारमा प्रति ५० केजी दानाको मूल्य रु तीन हजार ४५० र प्रतिगोटा चल्लाको मूल्य रु ९० मा किसानले किन्दै आएका छन । चालीसदेखि ५५ दिनसम्म किसानले पालेका कुखुराको मूल्य भने प्रतिकिलो सरदर रु १८० मात्रै छ ।

अहिले तयारी कुखुराको मूल्य घोराहीमा रु १९०, तुलसीपुरमा १८० र देउखुरी क्षेत्रमा १७० मा किनबेच हुँदै आएको बताइएको छ ।

त्यसमा पनि किसानसँग प्रतिकिलो रु १८० मा किनिएको कुखुरा उपभोक्तासम्म आइपुग्दा रु ३०० देखि ३२० सम्म प्रतिकिलो तयारी मासु बिक्री हुने गरेको छ । दाना र चल्लाको मूल्य बढेपछि तयारी कुखुराको मूल्य पनि बढ्नुपर्ने किसानको मुख्य माग छ ।

दाना तथा कुखुरा सप्लायर्स दाङका उपाध्यक्ष महेन्द्र बुढाथोकीले तत्कालका लागि तयारी कुखुराको मूल्य बढाउन नसकिने बताए। जिल्लामा कुखुराको उत्पादन अत्यधिक हुँदा बजारले धान्न नसकेको र सोही कारण मूल्य बढाउन नसकिएको उनको तर्क छ ।

यस्तै दाङको तुलनामा अन्य जिल्लाका तयारी कुखुराको मूल्य थोरै भए पनि घोराहीमा आफूहरुले घाटा व्यहोरेर भए पनि किसानलाई धेरै मूल्य दिइरहेको उनले जिकिर गरे ।

जिल्लामा चल्ला र दाना थोरै मात्रामा उत्पादन भए पनि अरु सबै बाहिर जिल्लाबाट आउने हुँदा दाना र चल्लाको मूल्य आफूहरुले तोकेर निर्धारण नहुने बताए । कुखुराको दानामा प्रयोग हुने करीब १५/१६ प्रकारका अन्नजन्य पदार्थ सबै भारतको भर पर्नुपर्ने हुँदा पनि दानाको मूल्य चर्को हुँदै गएको दाना सप्लायर्सहरुको भनाइ छ ।

अहिले काठमाडौँ, पोखरा र दाङबाहेक सबै जिल्लामा तयारी कुखुराको मूल्यमा भारी गिरावट आएको र आफूहरुले तयारी कुखुराको मूल्य बढी भनेमा फ्रेस हाउसहरुले जिल्ला बाहिरबाट कुखुरा मगाउने हुँदा पनि समस्या भएको कुखुरा तथा दाना व्यवसायीले बताए ।

दाना, चल्ला र तयारी कुखुराको मूल्य निर्धारणको काममा सरकारले जिम्मेवारी लिइदिए आफूहरुलाई सहज हुने व्यवसायी बताउँछन ।

अहिले दाङभरि करीब दुई हजार किसानले कुखुरा पालिरहेका छन । दाङमा प्रति हप्ता एक लाख २५ हजार चल्ला जिल्ला भित्रिने गरेका बताइएको छ ।

२०७६ कात्तिक ०६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ६ बुधवार ११:१३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...