back
NMB ad

मर्जर प्रक्रियामा रहेको जनसेवी लघुवित्तको नाफा ३ गुणा वृद्धि

Kumari bank ad

काठमाडौं । मर्जर प्रक्रियामा रहेको जनसेवी लघुवित्तको नाफा चालू आवको पहिलो त्रैमासमा ३ गुणा वृद्धि भएको छ । कम्पनीले रू. ६३ लाख ११ हजार नाफा कमाएको हो ।

गत आवको पहिलो त्रैमासमा रू. २० लाख ७३ हजार नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।

यस कम्पनी कालिका लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ । कम्पनीले गत वैशाखमा आईपीओ निष्कासन गरेको थियो । मर्जर प्रक्रियामा रहेकाले हाल दोस्रो बजारमा शेयर कारोबार भएको छैन ।

कम्पनीको चुक्तापूँजी रू. १४ करोड ४३ लाख छ । रिजर्भ कोषमा रू. २ करोड ४४ लाख छुट्याएको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा रू. २१ करोड ३० लाख निक्षेप संलकन गरेको छ भने रू. ६९ करोड ८२ लाख कर्जा प्रवाह भएको छ ।

२०७६ कात्तिक १५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १५ शुक्रवार १६:२८ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...