back
NMB ad

यस्तो छ भारतले जारी गरेको देशको नयाँ नक्सा

Kumari bank ad

नयाँ दिल्ली । भारत सरकारले शनिबार जम्मु काश्मीर र लद्दाख बनेपछि देशको नयाँ नक्सा जारी गरेको छ । यो नक्सालाई भारतका सर्वेयर जनरलले तयार पारेका हुन् ।

गृह मन्त्रालयले आफ्नो वक्तव्यमा जनाए अनुसार केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला कारगिल र लेह हुनेछन् । यसपछि बाँकी २६ जिल्ला जम्मु काश्मीरमा हुनेछन् ।

भारत सरकारले जनाएअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरभिजनमा जम्मु काश्मीर र लद्दाख क्षेत्रको सीमा निर्धारण गरिएको हो ।

यो नक्सा अनुसार भारतमा अब २८ राज्य र ९ केन्द्र शासित प्रदेश हुनेछन् । ५ अगस्ट २०१९ मा भारतीय संसदले संविधानको धारा ३७० र ३५ ए लाई निस्प्रभावी बनाएको थियो । त्यसपछि राष्ट्रपतिले सो सम्बन्धी कानुनलाई मन्जुरी दिएका थिए ।

सन् १९४७मा जम्मु काश्मीरमा १४ जिल्ला थिए । जसमा कठुवा, जम्मु, उधमपुर, रइसी, अनन्तनाग, बारामुला, पुन्छ, मीरपुर, मजफरावाद,लेह तथा लद्दाख, गिलगित, गिलगित बजारत, चिल्लाह र ट्रायबल टेरेरिटी थिए ।

सन् २०१९ मा सरकारले जम्मु काश्मीर पुनर्गठन गरेपछि १४ जिल्लालाई २८ जिल्लामा बदलिदिएको छ । -बीबीसी

२०७६ कात्तिक १७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १७ आइतवार १५:०२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...