back
NMB ad

नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले बिक्री खुला गरेको नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी भर्ने सोमबार (कात्तिक १८ गते) अन्तिम दिन हो ।

सोमबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असोज २८ गतेबाट संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो ।

लगानीकर्ताले यसमा न्यूनतम १५ सय ९५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
यसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन दिन सक्नेछन। न्यूनतम १०० कित्तादेखि अधिकतम सबै ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, हात्तिसार काठमाडौं र लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको केन्द्रीय कार्यालय पुतली सडक काठमाडौंबाट आवेदन दिन सक्नेछन।

यसैगरी, नेपाल एसबीआई बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

एसबीआईकै पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ ।

२०७६ कात्तिक १८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १८ सोमवार ११:५८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...