back
NMB ad

कसरी बन्ने रातारात धनि ? यी कुरामा ध्यान दिनुहोस् !

Kumari bank ad

काठमाडौं । पैसाको आवश्यकता सबैलाई पर्छ । अनि संसारमा सबैको चाहना हुन्छ कसरी धेरै पैसा कमाउने ? अझ हाम्रो समाजमा त पैसा कमाउन सकेन भने उसलाई असफलको संज्ञा दिइन्छ ।

त्यसैले हरेकले पैसा कमाउने जुक्ति खोजिरहका हुन्छन । यहाँ हामीले केही तथ्य उल्लेख गरेका छौं । जुन फलो गर्नु भयो भने पैसा कमाउन सहज हुनेछ । यस्ता छन् पैसा कमाउने तरिका:

महत्वकांक्षी बन्नुहोस र सपना देख्नुहोस :

कुनैपनि काम गर्नका लागि पहिले सपना देख्नु आवश्यक हुन्छ । त्यसैले तपाईं पनि पैसा कमाउन चाहनु हुन्छ भने आजैबाट सपना देख्न सुरु गर्नुस । जसले सपना देख्छ जो महत्वकांक्षी बन्छ उसले मात्रै समाजमा मान, प्रतिष्ठा र पैसासमेत कमाउन सक्छ ।

क्षमताको पहिचान गर्नुहोस :

शुरुमा तपाईंले आफुलाई चिन्नु जरुरी छ । त्यसैले तपाईं पहिले आफ्नो क्षमताको पहिचान गर्नुहोस् । र त्यसैअनुसार काम गर्नुहोस्, त्यसले तपाईंलाई सफलताको शिखरमा पुग्न सहयोग गर्छ । तपाईंले मनदेखि नै गरेको काम तथा क्षमताको पहिचानले मात्रै तपाईले खोजेको सफलता हासिल गर्न सक्नुहुन्छ ।

कडा परिश्रम गर्नुहोस :

यो कुरा बुझ्नुस् कि बिना परिश्रम सफल हुन सहज छैन । त्यसैले मेहनत गर्नुहोस्, निरन्तर परिश्रम गर्नुहोस् । एक दिन तपाईं सफल बन्नु हुनेछ । र पैसा आफैं तपाईंको पछि दौडनेछ ।

कुनै काम सुरु गर्नुहोस :

तपाईं चुप लागेर बस्नु भयो भने पैसा कमाउन सक्नुहुन्न । त्यसैले तपाईंले कुनैपनि कामको जोखिम मोल्नै पर्छ । त्यसैले काम सुरु गर्नुहोस् र त्यसलाई निरन्तरता दिनुहोस् ।

अन्य तरिका :

त्यसो त पैसा कमाउन कसलाई मन लाग्दैन र ? तर दुई नम्बरी धन्धा नगरी सजिलै पैसा कमाउन सकिन्छ र ? भन्नेहरु पनि नभएका होइन्, तमाम भेटिन्छन् बजारमा । उनीहरुका लागि जवाफ दिन सकिन्छ ।

अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस् । पैसा उडाउने खालका साथी छन् भने तिनीहरूको संगत छोडिदिनुस् । तपाईंको पैसामा अरूलाई किन मोज गराउनुुहुन्छ ? पैसा बचाउनु पनि पैसा कमाउनु नै हो ।

आफूलाई चाहिने कुरा मात्र किन्नुस् । जे किन्दा पनि अत्यन्त आवश्यक छन् कि छैनन् भनी विचार गर्नुपर्छ । केही नयाँ कुरा सिक्नुस् । आफूसँग भएका क्षमता तिखार्नुस् । यसरी नयाँ कुरा सिकेपछि तपाईंले पैसा पनि कमाउन सक्नुहुन्छ । मानौं तपाईंले चित्रकला सिक्नुभयो रे, त्यो बेचेर पैसा आउँछ ।

आजकल सामाजिक सञ्जालबाट पैसा कमाउन सकिन्छ । आफ्नै युट्युब च्यानल खोल्नुस् र क्रिएटिभ भिडियो अपलोड गरेर मोनेटाइज गर्नुस् । तपाईं प्रसिद्ध पनि हुनुहुनेछ अनि धनी पनि ।

घरमा भएका पुराना सामान बेचिदिनुस् । घर भरिने गरी सामान थुपार्नुको के अर्थ ? सामान बेच्दा पैसा पनि हुने, घर पनि सुन्दर देखिने । कमाइभन्दा कम खर्च गर्नुस् । आमदानी अठन्नी, खर्चा रुपैयाँ गरेर काम छैन । क्रेडिट कार्डको लत जति छिटो छुट्यो, त्यति राम्रो ।

वर्षैपिच्छे तलब बढ्ला भनेर आश गर्नुभयो भने तपाईं कहिल्यै धनी हुन सक्नुहुन्न । त्यसैले राम्रो तलब दिने जागिरको खोजी गर्दै अफिस छिटोछिटो बदल्नुस ।

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार ०९:४६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...