back
NMB ad

योजना आयोगका उपाध्यक्ष र एनआरएनए अध्यक्षबीच भेट, यस्तो भयो छलफल र सहमति

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एनआरएन बोर्डका अध्यक्ष पुष्पराज कँडेलसँग भेट गरेका छन् ।

भेटमा राष्ट्रिय योजना आयोगले केहि पहिलेमात्र १५ औं राष्ट्रिय योजना तयार पारेको बताउँदै त्यस योजनामा सम्वाहक तथा सहयोगी शक्तिको रुपमा गैरआवासीय नेपालीहरु र नेपालको ख्यातिलाई पहिचान गरी आवश्यक सहकार्य र सहयोगको वातावरण बनाउन आयोग कटिवद्ध रहेको औंल्याउँदै गैरआवासीय नेपालीहरुलाई उपयुक्त भूमिका प्रदान गर्ने र त्यसका लागी आवश्यक बातावरण तयार गर्न आयोग तयार रहेको जानकारी दिए ।

आयोगका उपाध्यक्षले नेपाल पोलेसी ईन्ष्टिच्युट (एनपीआई) सँग सहकार्यहरु भईरहेको र यसको अगुवाई परराष्ट्र मन्त्रालयले गरिरहेको जानकारी गराएका थिए ।

उनले संघसँग छलफल गरी कस्तो प्रकारको र कसरी सहकार्य गर्न सकिन्छ भनि एउटा मार्गचित्र तयार पार्न सुझाव राख्दै विज्ञता हासिल गरेका गैरआवासीय नेपालीहरुलाई पनि एउटा मापदण्ड तयार गरी करारमा नियुक्ति दिन समेत आयोगको सोच रहेका जानकारी दिए ।

सो अवसरमा संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरुले हासिल गरेका ज्ञान तथा सिप नेपालको सम्वृद्धिमा परिचालन गर्ने उदेश्य अनुरुप संघले पहिलो एनआरएन ग्लोबल नलेज कन्फरेन्स आयोजना गरेको र यसलाई निरन्तरता दिने तथा संघले नेपाल सरकार संग सम्झौता गरी गैरआवासीय नेपालीहरु मार्फत १० अर्ब भन्दा माथिको लगानी योग्य पूँजी नेपाल भित्र्याउन आवश्यक पहलहरु गरिरहेको बताए ।

उनले हालै सम्पन्न गैरआवासीय नेपाली संघको निर्वाचमा देखिएको राजनीतिक हस्तक्षेपबाट संघलाई मुक्त गर्न अव उप्रान्त गैरआवासीय नेपालीहरु बसोबास गर्ने देशबाटै विद्युतिय प्रणलीमार्फत निर्वाचनको व्यवस्था मिलाउने समेत जानकारी गराएका थिए ।

संघका प्रतिनिधिहरुले विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुको लगाव नेपाल प्रति बढाउन उनीहरुलाई नेपालमै आई ईन्र्टनसिप गर्ने व्यवस्थाको लागी सहजिकरण गरिदिन गरेको अनुरोधको सरहाना गर्दै यस प्रति के गर्न सकिन्छ भनि अध्ययन गर्न आयोग तयार रहेको उपध्यक्षले बताए ।

भेटघाट कार्यक्रममा संघका उपध्यक्ष अर्जुन कुमार श्रेष्ठ र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठका साथै प्रमुख कार्यकारी अधिकृतको सहभागीता रहेको थियो ।

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार १३:०९ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...