back
NMB ad

निर्वाचन आयोगले तोक्यो खर्च सीमा, उम्मेदवारले कतिसम्म खर्च गर्न पाउने ?

Kumari bank ad

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि उमेदवारको खर्च सीमा तोकेको छ । जसअनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् भने प्रदेश सभा उमेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन ।

आयोगका अनुसार उपमहानगरपालिका प्रमुखले ५ लाख ५० हजारसम्म, वडा अध्यक्षका लागि २ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्षका लागि २ लाख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन ।

त्यस्तै प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारले १६ दिन र स्थानीय तहका उम्मेदवारले १० दिन भित्र प्रचारप्रसार गरिसक्नुपर्ने समयसीमा निर्धारण गरिएको छ ।

बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ । आगामी मंसिर १४ गते ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

भोलि कास्की २ प्रतिनिधसभा र भक्तपुर प्रदेशसभा १ को (क), बाग्लुङ प्रदेशसभा २ को (ख) र दाङ प्रदेशसभा ३ को (ख) मा उमेदवारी दर्ता हुँदैछ ।

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार १५:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...