back
NMB ad

अदालतको आदेश : एटिएम ह्याक गर्ने चिनियाँ ह्याकरलाई थुनामा, नेपाली चाँही धरौटीमा रिहा

Kumari bank ad

काठमाडौं । एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका विदेशी नागरिकालाई थुनामा राख्न उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनको वाणिज्य इजलासले पक्राउ परेका चिनियाँ र फ्रेन्च नागरिकलाई थुनामा राख्न आदेश दिएको हो ।
चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई थुनामा पठाएको हो ।

त्यस्तै पक्राउ परेका तीन नेपालीलाई भने धरौटी बुझाएर रिहा गर्न आदेश दिएको छ । गएको भदौ १६ गते प्रहरीले ठमेलमा रहेको डिस्को र नेपालय मनिचेन्जरका देवनाथ लामिछाने सहित रोशन प्रधान श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको थियो ।

अदालतले लामिछानेसँग ३० लाख रुपैयाँ र प्रधान र दुवाडीसँग जनही २६ लाख रुपैयाँ मागेको छ । धरौटीमा रिहा भए पनि उनीहरुलाई विदेशी मुद्राको अपचलन गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धान हुने भएकाले धरौटी बुझाए पनि रिहा हुने छैनन ।

प्रहरीले गत भदैमा पक्राउ परेका विदेशी नागरिकको साथबाट साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो ।

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १६:३९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...