back
NMB ad

सरकारले कस्ता विद्यालयलाई गर्दै छ खारेज ? यी हुन् खारेजको सूचिमा परेका विद्यालय

Kumari bank ad

काठमाण्डौ । सरकारले विदेशी लगानीमा अवैधरुपमा सञ्चालनमा रहेका निजी विद्यालयलाई १५ दिनको अल्टिमेटम दिएको छ ।

भारतीय लगानी रहेका, विदेशी लगानीमा चलेका, सञ्चालक समितिको बोर्डमा विदेशी नागरिक रहेका स्कुललाई १५ दिनभित्र प्रक्रियामा आउन सरकारले अल्टिमेटम दिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले १५ दिनभित्र विद्यालय सञ्चालनको प्रक्रिया पूरा नगरे खारेज गर्ने चेतावनी दिनुभएको छ । मन्त्री पोखरेलले विदेशी लगानीका विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि संशोधन गरेको पनि जानकारी दिनुभयो ।

‘हामीले एक पटकलाई मौका नदिइ खारेज गर्न मिल्दैन’ बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ‘राष्ट्रिय शिक्षा नीति २०७६’ जारी गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भन्नुभयो, ‘१५ दिनभित्र पनि प्रक्रिया नगरे खारेज गर्छौँ ।’

सरकारी प्रक्रिया पूरा नगरेका, त्रुटि भएका, राजस्व नबुझाएका, अद्यावधिक नगरेका विद्यालयलाई तत्काल प्रक्रिया पूरा गर्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभयो ।

दर्तासमेत नभएका, राजस्व पनि नबुझाएका वाइल्ड इन्स्टिच्यूट अफ् एडभान्स स्टडिज काठमाण्डौ, ब्रिजवाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाण्डौलगायतका कलेजहरुलाई सरकारले खारेज गर्ने तयारी गरेको हो ।

प्रक्रियागत ढंगले सञ्चालन नभएका ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिन समय पनि दिइएको मन्त्री पोखरेलले बताउनुभयो ।

सरकारी प्रक्रियामा नआएका ती विद्यालयले विद्यार्थीबाट मोटो रकम लिएर पठनपाठन गरिरहेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । यसअघि पटक/पटक सरकारले ती विद्यालयलाई प्रक्रिया पूरा गर्न आह्वान गरे पनि अटेर गर्दै आएका थिए ।

तर यसपटक मन्त्री आफैँले १५ दिनभित्र सञ्चालन प्रक्रिया पूरा नगरे विदेशी लगानी रहेका विद्यालय खारेज गर्ने चेतावनी दिनुभएको हो ।

मन्त्री पोखरेलकाअनुसार काठमाण्डौ उपत्यका लगायत देशभर १५ वटा विद्यालय विदेशी लगानीमा सञ्चालित छन।

वि.सं.२०७६ कात्तिक २२ शुक्रवार ०९:१२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...