काठमाडौं । नेपाल स्वास्थ्यकर्मी संघले नयाँ नेतृत्व पाएको छ। अध्यक्षमा रामजी घिमिरे निर्वाचित भएका छन्। उनले ३३१ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी ओमप्रसाद उपाध्यायले २१७ मत ल्याए।
संघको अध्यक्षमा घिमिरे तेस्रो पटक पुगेका हुन्। यसअघि उनी दुई पटक अध्यक्ष भइसकेका छन्।
महासचिवमा दीपक भट्ट निर्वाचित भएका छन्। भट्टले ३१९ मत ल्याएका छन्। महासचिवमा भट्ट र शंकर कँडेलबीच प्रतिस्पर्धामा भएको थियो। कँडेलले २२० मतमा चित्त बुझाए।
यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए। मुडभरी र शर्माले क्रमश १६७ र ९९ मत प्राप्त गरेका थिए।
महिला उपाध्यक्षमा रमिला चौलागाईं विजयी भएकी छिन्। उनले मिरा नेपालभन्दा बढी मत ल्याएर जित हासिल गरेकी हुन्। रमिलाले ३३१ मत प्राप्त गरेकी छन् भने मिराले १८१ मत प्राप्त गरिन्।
कोषाध्यक्षमा सुरेश पासवानले जित हासिल गरेका छन्। पासवानले उनको प्रतिस्पर्धामा राजकुमार तिवारी थिए।
संघको निर्वाचनमा ५७२ मत खसेको थियो। बिहान ८ बजेबाट सुरु भएको मतदान १२ बजे सकिएको थियो। मतगणना भने २ बजेपछि सुरु भएको थियो।
देशभरबाट आएका करिब ७७१ मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए।
२०७६ कात्तिक २४ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २४ आइतवार २०:१५ मा प्रकाशित