back
NMB ad

बिग मर्जरमा जानेलाई बैंकहरुलाई यस्तो मौका ! के-के छन विशेष सुविधा ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरूबीच मर्जर (बिग मर्जर) गराउने राष्ट्र बैंकको प्रयास सफल हुनेमा शंका देखिएको छ ।

सबै वाणिज्य बैंकहरूले मर्जरमा जान तयार रहेको प्रतिबद्धता राष्ट्र बैंकलाई व्यक्त गर्दै आएका छन । तर, हालसम्म एकजोडीबाहेक अन्य कुनैको पनि औपचारिक प्रक्रिया अगाडि बढेको छैन ।

‘असोजको पहिलो सातासम्म प्रतिबद्धता आइरहेको थियो,’ राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले भने, ‘हामीले यसबीचमा सम्पर्क गर्दा केहीले सञ्चालक समितिमा प्रस्ताव लगेको त केहीले छलफल चलिरहेको बताएका छन ।’

राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरूलाई केही सहुलियत पनि दिएको छ । कृषि, ऊर्जा, पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्याउनुपर्ने अवधि, कर्जा र निक्षेपको ब्याजदर अन्तर ४.४ पुर्याउनुपर्ने अवधि, चुक्ता पुँजीको २५ प्रतिशत अनिवार्य ऋणपत्र निष्कासन अवधिलाई बढाइएको छ ।

मर्जरमा जानेले ०७८ असार मसान्तसम्म यी काम गर्दा हुने सुविधा छ । जबकि अन्यलाई चालू आवभित्रमा पूरा गर्नुपर्ने व्यवस्था छ ।

यति मात्र होइन, शाखा विस्तारमा राष्ट्र बैंकको अनुमति लिनुनपर्ने, मर्जरमा जाने संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायतले ६ महिना नभई अन्य संस्थामा जान नपाउने प्रावधानसमेत लागू नहुने सुुविधा दिएको छ ।

यस्तो सरकारी सहुलियतका बाबजुद पनि बैंकहरू भने मर्जरमा जान चाहिरहेका छैनन । ‘मौद्रिक नीति आउनुअगाडि बैंकहरू जति तातिएका थिए, पछिल्लो समय अवस्था त्यस्तो छैन,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘सायद मौद्रिक नीतिले स्वैच्छिक निर्णय गर्न खुला छोडेकाले पनि हो ।’

हुनत बिग मर्जरको चर्चा आउनेबित्तिकै यसको विरोध भएको थियो । यसले बैंकिङ पहुँच घट्ने, ठूला बैंकहरू हुँदा कुनै एकमा समस्या आए सम्पूर्ण अर्थतन्त्र नै धराशायी हुन सक्नेसमेत बताएका थिए ।

यहीकारण राष्ट्र बैंक दबाबमूलक मर्जरको नीतिबाट पछि हटेको थियो । यद्यपि, राष्ट्र बैंकले केही समयअघिसम्म अप्रत्यक्ष रूपमा दबाब भने जारी नै राखेको थियो । नयाँ पत्रिकामा खबर प्रकाशित छ ।

गुमेको अवसर

राष्ट्र बैंकले ७ साउन ०७२ मा मौद्रिक नीति जारी गर्दै वाणिज्य बैंकलगायतको चुक्ता पुँजी ४ गुणासम्म वृद्धि गर्न निर्देशन दिएको थियो ।

मर्जर गराउने अन्तरनिहित उद्देश्यअनुसार चुक्ता पुँजी वृद्धिको प्रावधान ल्याइएको बताए पनि त्यसमा राष्ट्र बैंकले अडान छाडेपछि वाणिज्य बैंकहरूले या त साना संस्था मर्ज गरेर या स्वपुँजी हालेर पुँजी पुर्याए ।

बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी वृद्धि गर्न सो अवधिमा मात्रै ७० अर्ब बराबरको हकप्रद सेयर र ९ अर्ब रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासन गरेका थिए ।

पूर्वाधार विकास बैंकभन्दा ठूला वाणिज्य बैंक ?

पूर्वाधारमा लगानी बढाउन नै राष्ट्र बैंकले वाणिज्य बैंकहरूको मर्जर आवश्यक भएको तर्क गर्दै आएको छ । नेपालमा हाल एक मात्र पूर्वाधार विकास बैंक सञ्चालनमा छ । तर, यस संस्थाको पनि २० अर्ब मात्रै चुक्ता पुँजी रहेको छ ।

राष्ट्र बैंकले बिग मर्जरले सफलता पाएमा अधिकांश वाणिज्य बैंक हाल सञ्चालनमा रहेको पूर्वाधार विकास बैंकसरह वा सोभन्दा ठूला हुनेछन ।

अहिले नै मर्जर प्रक्रियामा अघि बढिसकेको ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरपछि १७ अर्ब ११ करोड रुपैयाँको बैंक बन्नेछ ।

‘पूर्वाधार विकास बैंकको कामसमेत वाणिज्य बैंकबाट मात्र अपेक्षा गरिएको छ,’ एक पूर्वबैंकरले भने, ‘जबकि, वाणिज्य बैंकको मूल काम त्यो होइन, यो भुक्तानीका लागि हुन्छ, अलग–अलग उद्देश्यका लागि अलग–अलग खालका बैंकहरू आवश्यक पर्छन ।’

पछिल्लो समय बैंकहरूले प्रविधिमा लगानी गर्न नसकिरहेकाले पनि मर्जरको आवश्यकता रहेको बताउन थालेको छ ।

२०७६ कात्तिक २५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २५ सोमवार ०८:३१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...