back
NMB ad

प्रभु बैंकको १६.८४२% लाभांश सुरक्षित गर्न आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । प्रभु बैंकको १६.८४२ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार (कात्तिक २५ गते) अन्तिम दिन हो । मंसिर ६ गते साधारण सभा बोलाएको यस बैंकले मंगलबार (कात्तिक २६ गते) बुक क्लोज गर्दैछ ।

यसर्थ, सोमबारसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् । प्रभुले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८४२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अपराह्न २ बजे सुरु हुनेछ । यसैगरी, सेयर संरचना परिवर्तन गरी संस्थापक र सर्वसाधारण हिस्सा ५१ः४९ प्रतिशत अनुपात कायम गर्ने प्रस्ताव पनि रहेको छ । बैंकले संस्थापक हिस्सा ५५ प्रतिशत बाट घटाएर ५१ प्रतिशत बनाउन लागेको हो ।

यता, प्रभुले सेयर ब्रोकरको काम गर्न सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि लैजानेछ ।

साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा छ ।

बैंकले हाल कायम ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँ चुक्ता पुँजीमा १६५ बोनस सेयर लाभांशको रुपमा वितरण गर्न लागेको हो । बोनस वितरणपछि पुँजी १० अर्ब ३१ करोड ५५ लाख २ हजार रुपैयाँ पुग्नेछ ।

२०७६ कात्तिक २५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २५ सोमवार ०९:५६ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...