back
NMB ad

मेगा बैंकको कुन तहका कर्मचारीको कति तलब भत्ता ?

Kumari bank ad

काठमाडौं । जागिर खानेका लागि बैंकको जागिर आकर्षक जागिर हो । वित्तीय क्षेत्रमा कामको चाप अत्यधिक भए पनि करिअरका दृष्टिले राम्रो मानिन्छ ।

बैंकमा जागिर खाने र बैंकर बन्ने चाहना धेरैको हुन्छ । त्यसैले पनि होला, पछिल्लो समय व्यवस्थापन संकाय अध्ययन गर्ने र यसै क्षेत्रमा करिअर बनाउने चाह हुनेहरुको संख्या ठूलो छ ।

धेरैलाई लाग्न सक्न बैंकका कुन तहको कर्मचारीको तलब कति हुन्छ ? अथवा कुन बैंकका कर्मचारीको तलब कति होला भन्ने लाग्न सक्छ । हामीले मेगा बैंकको कुन तहको कर्मचारीको कति तलब भत्ता बुझे भन्ने तथ्याङ्क प्रस्तुत गरेका छौँ ।

मेगा बैंकको कुन तहको कर्मचारीको कति तलब ?

वाणिज्य बैंकहरु मध्ये एक हो मेगा बैंक, बैंकहरु मध्येकै एक मात्र महिला प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले वार्षिक एक करोड दुई लाख रुपैयाँ तलब बुझ्नुभएको छ ।

बैंकले गत आर्थिक वर्षमा उहाँलाइ तलब बाहेक ८ लाख ५० हजार रुपैयाँ दशैँ भत्ता र तीन लाख ९३ हजार रुपैयाँको इन्धन समेत उपलब्ध गराएको छ ।

प्रमुख कार्यकारीको रुपमा उहाँलाई बैंकले गाडी सुविधा, चालक, मोबाइल खर्च, बीमा र ऐन बमोजिमको बोनस दिएको छ । साथै यो सुविधा बैंकका अन्य उच्च व्यवस्थापन तथा प्रवन्धकहरुले पनि पाउँने गरेका छन ।

उच्च व्यवस्थापन तथा प्रवन्धकहरुले गत वर्ष चार करोड ४३ लाख रुपैयाँ तलब बुझेका छन् । यस बाहेक उनीहरुले दुई करोड ७४ लाख रुपैयाँ भत्ता लिएका छन् ।

उच्च व्यवस्थापन तहमा रवीना  श्रेष्ठ, तुल्सीराम पोखरेल, मनोज खड्का, प्रज्ञा पाण्डे, अमित श्रेष्ठ र राजेश शर्मा रहेका छन् । त्यस्तै प्रबन्धक तहमा ४३ जना रहेका छन ।

गत आर्थिक वर्षमा कर्मचारीहरुले २५ करोड ८९ लाख रुपैयाँ बोनस पाएका छन्। ऐन अनुसार बैंकले नाफाको १० प्रतिशत रकम कर्मचारीहरुलाई बोनस प्रदान गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। कर्मचारीहरुका लागि तलब, बोनस तथा अन्य सुविधाका लागि मात्रै बैंकले एक अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ।

सञ्चालक समितिले बैठक भत्ता ४२ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्। उनीहरुले यस बाहेक मोबाइल तथा पत्रपत्रिकाको लागि ५ लाख ९५ हजार रुपैयाँ पाउछन् ।

२०७६ मंसिर ०६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ६ शुक्रवार ०९:२१ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...