back
NMB ad

६० करोड रुपैयाँको आइपीओ ल्याउँदै सानिमा

Kumari bank ad

काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सको साधारण सभा आज शुक्रबार (मंसिर ६ गते) होटल एल्लो पगोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ ।

सभामा कम्पनीले आइपीओ ल्याउने मुख्य प्रस्ताव पेश गर्दैछ । हाल कायम जारी पुँजी २ अर्ब रुपैयाँको ३०५ बराबरको आइपीओ आउनेछ । कम्पनीका अनुसार कुल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गरिनेछ ।

हाल सानिमा लाइफको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ जारीपछि पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता तथा अन्य सुविधाहरुको बारेमा पनि छलफल गर्ने एजेन्डा छ ।

आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल हुनेछ ।  एनएफआरएस प्रणालीबाट तयार गरिएको वित्तीय विवरणमा पनि छलफल गरी पारित गरिनेछ ।

२०७६ मंसिर ०६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ६ शुक्रवार १०:२१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...