back
NMB ad

शिक्षा निकाय र स्थानीय तहको आयआर्जनको राम्रो स्रोत : शिक्षक सरुवा !

Kumari bank ad

काठमाडौं । जिल्लास्तरी शिक्षा निकाय र स्थानीय तहले नयाँ नियुक्ति पाएका स्थायी शिक्षकसँग पदस्थापनका नाममा चन्दा उठाएका छन।

ती निकायका लागि शिक्षक सरुवा पनि राम्रो आयआर्जनको स्रोत बन्न पुगेको छ । देशका अधिकांश जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ (साबिकको जिल्ला शिक्षा कार्यालय)ले नयाँ शिक्षकको पदस्थापनबापत चन्दा असुलेका छन ।

उनीहरूले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकका लागि बेग्लाबेग्लै दर कायम गरेका छन् ।नियुक्ति पत्र लिन एकाइ पुगेका शिक्षकहरूले प्राथमिक तहमा सरदर एक हजार रुपियाँ, निम्न माध्यमिक तहमा सरदर डेढ हजार रुपियाँ र माध्यमिक तहमा सरदर दुई हजार रुपियाँ अनावश्यक रकम तिर्नुपरेको छ ।

कम तिरेर नियुक्ति पत्र लिई पदस्थापनाका लागि सम्बन्धित स्थानीय तह पुगेका शिक्षकलाई पदस्थापनाबापत पनि रकम तिर्न बाध्य पारिएको छ । यसरी शिक्षकसँग दोहोरो रकम उठाइएपछि यो कार्य शैक्षिक वृत्तमा निकै विवादित बन्न पुगेको छ ।
एकाइका पदाधिकारीले जिल्ला शिक्षा समितिको निर्णयअनुसार सो रकम उठाइएको दाबी गरिएको छ । शिक्षा ऐन वा नियमावलीमा शिक्षकको पदस्थापना वा नियुक्तिबापत रकम उठाउन पाउने भनी स्पष्ट लेखिएको छैन ।

जिल्ला शिक्षा समितिको कोष वृद्धिका लागि शिक्षकको पदस्थापना तथा सरुवालाई स्रोतका रूपमा लिने गरिएको पाइएको छ । तेह्रथुमका एकाइ प्रमुख लीलानाथ पोख्रेलले जिसिसबाट निर्णय गराएर शिक्षकको सिटरोलका लागि शुल्क उठाइएको तर्क गरे । त्यहाँबाट नियुक्ति पत्र लिएर आठराई गाउँपालिका पुगेका शिक्षकले पुनः शुल्क तिर्नुप¥यो ।

गाउँपालिकाका शिक्षा प्रमुख नन्द नेपालीले स्थानीय सरकारलाई स्रोत वृद्धि गर्ने अधिकार भएको बताउँदै भने, “गाउँपालिकाको आर्थिक ऐनमा नै शुल्क उठाउन पाइने व्यवस्था भएकाले शिक्षकहरूसँग रकम उठाएका हौँ ।”

कपिलवस्तुका एक शिक्षकले आफ्नो नाम गोप्य राखिदिन आग्रह गर्दै पाल्पाबाट हालै आफू सरुवा भई आएको र पाल्पा तथा कपिलवस्तुको एकाइ एवं विद्यालयलाई गरी २१ हजार रुपियाँ खनखनी बुझाउनुपरेको गुनासो रे । “शिक्षकमाथि दोहोरो चन्दा आतङक गरियो”, उनले भने । यो समाचार गोरखापत्र दैनिकमा छ ।

२०७६ मंसिर १३ गते प्रकाशित

 

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १५:४० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...