back
NMB ad

यी तीन बैंकले सार्वजनिक गरे नयाँ व्याजदर, कुन बैंकको कति ?

Kumari bank ad

काठमाडौं । तीन बैंककले नयाँ व्याजदर सार्वजनिक गरेका छन । सार्वजनिक गर्नेमा नबिल, एभरेष्ट र कुमारी बैंक रहेका छन ।

तीन बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतीतर्फ संस्थागत निक्षेपमा ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत छ । बचतमा भने बैंकहरुको ब्याज फरक–फरक रहेको छ ।

नबिल बैंक : नबिल बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ५.७५ प्रतिशत रहेको छ । हाल बैंकले १८ वटा बचत खाता रहेका छन् । जसमा सबैभन्दा कम ब्याज ३.७५ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी ब्याज १४.४४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट कर्जा लिँदा अन्य प्रकृतिको ऋण लिँदा १४.४४ प्रतिशत ब्याज लाग्ने छ ।

हाल बैंकको कात्तिकसम्मको आधार दर ७.९४ प्रतिशत रहेको छ । बैंकबाट हाउजिङ, मोटरेज, अटो लोन लिँँदा १२.४४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट पर्सनल लोन, टर्म लोन, ओभरड्राफ्ट लोन लिँदा १३.९४ प्रतिशत ब्याज लाग्दछ । यस्तै शैक्षिक धितोकर्जा लिँदा १२.९४ प्रतिशत ब्याज लाग्छ ।

एभरेष्ट बैंक : एभरेष्ट बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ब्याज ६ प्रतिशत रहेको छ भने सबैभन्दा कम ४ प्रतिशत ब्याज रहेको छ । हाल बैंकले २७ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।

एभरेष्ट बैंकबाट ब्याज लिँदा १६.०२ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट ओभरड्राफ्ट, टर्म लोन, फिक्स लोन लिँदा १६.०२ प्रतिशत ब्याज लाग्नेछ ।

बैंकबाट हाउजिङ लोन लिँदा १५.७७, शैक्षिक धितोकर्जा १५.५२, हाउजिङ लोन १४.५२, भेहिकल लोन १५.२७ प्रतिशत ब्याज लाग्नेछ । यस्तै बैंकबाट सेयर धितोकर्जामा ऋण लिँदा १५.२७ प्रतिशत ब्याज लाग्नेछ । हाल बैंकको आधार दर ८.५२ प्रतिशत रहेको छ ।

कुमारी बैंक : कुमारी बैंकले पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम २.५० प्रतिशत छ । बैंकले हाल १८ प्रकारका बचत खाता सञ्चालनमा रहेको छ ।

बैंकबाट ब्याज लिँदा १८.६२ प्रतिशत ब्याज लाग्ने गरेको छ । बैंकबाट होम लोन, शैक्षिक धितोकर्जा, अटोलोन, सेयर धितोकर्जा लिँदा १८.६२ प्रतिशत ब्याज लाग्ने छ । हाल बैंकको आधार दर १०.६२ प्रतिशत रहेको छ ।

२०७६ मंसिर १६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १६ सोमवार ०९:०९ मा प्रकाशित

You can share this post!

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...