back
NMB ad

बैंकहरुको १३ अर्बको ऋणपत्र आउँदै

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाध्यकारी व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाहरु लगानीयोग्य पुँजी जुटाउन धमाधम ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्न थालेका छन ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लगानीयोग्य पुँजी जुटाउन प्राथमिक पुँजीको न्युनतम २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्नुपर्ने प्रावधान ल्याएको छ ।

गत वर्षसम्म वाणिज्य बैंकहरुले मात्र ऋणपत्र निष्कासन गरिरहेकोमा यो वर्षदेखि वित्त कम्पनीहरुले पनि ल्याउन लागेका हुन । चालु आर्थिक वर्ष सुरु भएयता विभिन्न ४ वाणिज्य बैंकहरुले ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ८५ लाख कित्ता ऋणपत्र निष्कासन गरिसकेका छन ।

ऋणपत्र निष्कासन गर्नेमा सिद्धार्थ बैंक, प्रभु बैंक, लक्ष्मी बैंक र सनराइज बैंक छन । सिद्धार्थले २ अर्ब ५० करोड, लक्ष्मीले २ अर्ब, प्रभुले १ अर्ब र सनराइजले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरिसकेका छन । निष्कासन गरिएका ऋणपत्रको अवधि ७ देखि १० वर्षसम्म छ ।

बैंकहरुले वार्षिक १० देखि १०.२५ प्रतिशतसम्म ब्याज दिने भएका छन । वित्त कम्पनीहरुले १२.७ प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेका छन ।

यस्तै ७ ओटा बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ९५ करोड रुपैयाँको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । बैंकहरुको आवेदनको अध्ययन गरिरहेको बोर्डले जनाएको छ ।

यो वर्ष गुडविल फाइनान्स लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेडले पनि ऋणपत्र निष्कासन गर्न लागेका हुन । गुडविलले २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता र आइसीएफसीले२० करोड रुपैयाँको २ लाख कित्ता निष्कासन गर्न लागेका हुन ।

दुबै फाइनान्सले ७ वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेका हुन । गुडवीलले वार्षिक १२.७ र आईसीएफसीले १२ प्रतिशत ब्याज दिने प्रस्ताव गरेका छन ।

बैंकहरुले १० देखि १०.५ प्रतिशतसम्म वार्षिक ब्याज दिने प्रस्ताव गरेका छन । तर वित्त कम्पनीहरुले बढी ब्याज प्रस्ताव गरेका हुन ।

कृषि विकास बैंकले वार्षिक १०.३५ प्रतिशत ब्याज दिने गरी ७ वर्षका लागि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । ऋणपत्र २०८३ मा परिपक्व हुने छ ।

सिटिजन्स बैंकले पनि १०.२५ प्रतिशत ब्याज दिने गरी २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । ऋणपत्रको अवधि १० वर्षको छ । नविल बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र निष्कासन गर्दै छ । ६ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको अवधि ६ वर्षको हुने छ ।

नेपाल एसबीआई बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । ऋणपत्रको अवधि १० वर्षको छ ।

कुमारी बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्कासन गर्न लागेको छ । ऋणपत्रको अवधि १० वर्षको छ ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेल डिबेन्चरले पूरक पुँजी (सप्लिमेन्टरी क्यपिटल) को काम गरिरहेको बताउछन ।

उच्च ब्याज र जोखिमरहित उपकरण भएकाले एकदमै राम्रो लगानीको क्षेत्र भएको उनको तर्क छ । बैंकमा पैसा निक्षेप राख्नुभन्दा डिबेन्चर किन्दा बढी फाइदा हुने उनको भनाई छ ।

डिवेञ्चर निष्कासनबाट एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुलाई ८० अर्ब रुपैयाँ थप लगानी जुट्ने देखिएको छ । यो वर्ष पनि वाणिज्य बैंकहरुमा गत वर्षको जस्तो क्रेडिट क्रञ्चको समस्या देखिएको छैन ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा २०७७ भित्रमा चुक्ता पुँजीको २५ प्रतिशतबराबरको ऋणपत्र निष्कासनको अनिवार्य व्यवस्था गरेको हो । ऋणपत्रबापतको रकम शतप्रतिशत कर्जा प्रवाहका लागि उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

कुल निष्कासनको ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणलाई सुरक्षित गरिएको छ । गत वर्ष अधिकाँश बैंकहरुले निष्कासन गरेको ऋणपत्र बिक्री हुन सकेन । मुद्धति निक्षेपको भन्दा बढी ब्याज प्रस्ताव गर्दा पनि ऋणपत्र बिक्री हुन अझै गाह्रो भइरहेको बैंकरहरु बताउछन ।

वि.सं.२०७६ मंसिर १६ सोमवार १२:४९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...