back
NMB ad

मुआब्जा रकम कम भएकाे भन्दै आरुघाट बजार बन्द

Kumari bank ad

काठमाडौं । बुढीगण्डकी आयोजनाले तोकेको मुआब्जा रकम कम भएको भन्दै गोरखाको आरुघाटका बासिन्दाले बजार बन्द गरेका छन ।

आयोजनाले गरेको मुआब्जा निर्धारण आफूहरुको मागभन्दा निकै कम भएको भन्दै स्थानीय बासिन्दाले वजार बन्द गरी आन्दोलन सुरु गरेका छन् । चोकचोकमा जम्मा भएका आरुघाटवासीले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले पुरानो व्यापारिक केन्द्र, गोरखा हुँदै चीन जाने सडक र मध्यपहाडी लोकमार्गले समेत जोडेको बजारक्षेत्र भएकाले जग्गाको अवस्था अनुसार २५ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण हुनुपर्ने माग गर्दै आएका थिए । तर जिल्ला मुआब्जा निर्धारण समितिले आनाको अधिकतम ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको छ ।

डुबानमा पर्ने बजारक्षेत्रको जग्गालाई ४ समूह र ६ उपसमूहमा विभाजन गरी कम्तीमा ५० हजारदेखि बढीमा ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ ।

निर्धारित मूल्यअनुसार आरुघाटको मुख्य सडकको पुरानो बजार एवम् मोटरबाटोदेखि प्रहरी चौकी हुँदै बुढीगण्डकीको पक्की पुल जाने चोकसम्मको दायाँबायाँको घडेरीका साथै अकला चोकदेखि १ सय ४० मिटर उत्तर जाने सडकको दायाँबायाँको घडेरीको सबैभन्दा धेरै प्रतिआना ७ लाख रुपैयाँ मुआब्जा तोकिएको छ ।

निर्धारित मुआब्जा रकम बुझ्ने वा निर्णय सच्याउनका लागि दबाब दिने भन्नेबारे निर्णय भैनसके पनि स्थानीय बासिन्दा भने स्वस्फूर्तः रुपमा बजार बन्द गरेर प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दा धर्मेन्द्र श्रेष्ठले बताउनुभयो ।

जिल्ला मुआब्जा निर्धारण समितिमा गाउँपालिकाको तर्फबाट प्रतिनिधित्व गरेका आरुघाट गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष डिलबहादुर नेपालीले आफूलाई निर्णयमा हस्ताक्षर नगर्न प्रभावित क्षेत्रका बासिन्दाबाट दबाब आएको बताउनुभयो ।

‘आज बिहानदेखि २÷३ सय कल फोन आइसक्यो, कुनै उठाएको छु, धेरैजसो त उठाउन पनि भ्याएको छैन’, जिल्ला प्रशासन कार्यालयमा उज्यालोसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘मुआब्जा निर्धारण समितिका प्रतिनिधित्व त गराइयो, तर हामी जनप्रतिनिधिका कुरासमेत नसुनी निर्णय गरिएको छ, मलाई यो मान्य छैन, निर्णयमा हस्ताक्षर गर्ने त कुरै भएन ।’

गोरखाको आरुघाटक्षेत्रमा ५ सय ३७ र आर्खेतक्षेत्रमा ७२ रोपनी जग्गाकोे मुआब्जा निर्धारण गर्न बाँकी थियो । यस्तै धादिङको खहरे क्षेत्रको दुई सय ४५ र आरुघाट विशालनगरको ९ सय १० रोपनी जग्गाको मुआब्जा निर्धारण गर्न बाँकी थियो ।

बुढीगण्डकी आयोजनाको डुबानमा पर्ने साविकका गाविसहरुको जग्गाको मुआब्जा निर्धारण २०७३ सालको मंसिरमा गरी त्यसै वर्षबाट वितरण सुरु भएको थियो ।

तर दुवै जिल्लाको मुख्य बजार क्षेत्रको भने मुआब्जा निर्धारण भएको थिएन । लामो समयदेखि जग्गा रोक्का राखेको तर मुआब्जा भने नदिइएको भन्दै बजार क्षेत्रका बासिन्दा चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले दोस्रो चरणको आन्दोलनको तयारी गरिरहेकै बेला बजारक्षेत्रको मुआब्जा निर्धारण गरिएको हो ।

बुढीगण्डकी आयोजनाको डुबानमा पर्नेमध्ये हालसम्म ४४ हजार ६ सय ५८ रोपनी जग्गाको २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार रुपैया मुआब्जा वितरण भैसकेको छ ।

मुआब्जा निर्धारण भएपछि अब बजार क्षेत्रको झण्डै १७ सय ७० रोपनी जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु हुनेछ । चालु आर्थिक वर्षमा सरकारले बुढीगण्डकी आयोजनाका लागि १४ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । (उज्यालो अनलाइनबाट)

२०७६ मंसिर १६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १६ सोमवार १५:३६ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...